इन्स्पेक्टर देवीप्रसाद पौडेललाई एसएसपीले दिए यस्तो सजाय

काठमाडौं। बच्चा बोकेकी महिलालाई प्रहरी निरीक्षकले ला ठी’ले हा-नेको भिडियो भाइरल भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले ती निरीक्षक देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाएको छ । परिसरकी एसपी दुर्गा सिंहको नेतृत्वमा गठन गरेको छानबिन समितिले प्रहरी निरीक्षक पौडेललाई परिसरमा फिर्ता ल्याउने निर्णय गरेको हो ।

परिरका एसएसपी टेकप्रसाद राईले डिसीनेपालसँग कुरा गर्दै निरीक्षक पौडेललाई भूमिकाविहीन रुपमा परिसरमा फिर्ता बोलाइएको बताए । पौडेललाई त्यहीं राखिराख्नु उचित नदेखिएकाले फिर्ता बोलाएको र उनको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई जिम्मेवारी दिइएको राईले बताए । उनले पौडेलले व्यक्तिको घरमा तो’ड’फोड भएपछि प्रहरीलाई प्राप्त अधिकारको दु’रुपयोग गर्दै बल प्रयोग गरेको छानबिन समितिलाई बयान दिएको बताए ।

सेनाका अवकाश प्राप्त जर्नेल हेम खत्रीको घरमा बिहीबार (१५ फागुन) मा भित्र छिरेका महिलाहरूमध्ये एक बच्चा बोकेकी महिलालाई प्रहरी निरीक्षक पौडेलले ला’ठी हा’नेका थिए। यो भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको थियो ।

एउटीसंग पूर्वजर्नेलको २२ वर्षदेखि सम्बन्ध

बिहीबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित सेनाका पूर्वजर्नेल हेम खत्रीको घरमा जम्मा भएका महिलालाई प्रहरीले ब ल प्र योग गरेर बाहिर निकाल्यो। यस क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलामाथि ला ठी हि र्का ए को भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।

भिडिओमा प्रहरीको ला ठी खाँ दै गरेको देखिने महिला (बच्चा बोकेकी) हेमा श्रेष्ठ शेर्पा हुन्। उनी पूर्वजर्नेलबाट पी डि त भनिएकी माला साहकी सहकर्मी हुन्। घटना बेला सँगै रहेकी साहलाई पनि प्रहरीले ला ठी हा न्दै खेदेका थिए।

कलैया उपमहानगरपालिका-९ की साह र पूर्वजर्नेल खत्रीको २२ वर्ष लामो सम्बन्ध रहेको प्रहरी स्रोतले जानकारी दियो। साह काठमाडौंको रातोपुल बस्दै आएकी छन्।

स्रोतका अनुसार, साहले आफू २२ वर्ष खत्रीसँगै बसेको प्रहरीलाई बयान दिएकी छन्। खत्रीले भने स्वीकार गरेका छैनन्।

‘खत्रीले भैंसेपाटीमा घर बनाएपछि उनीहरूको बिछोड भयो,’ साहको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि उनीहरूबीच दुरी बढ्दै गयो।’

गत कात्तिक २७ गते शाह र अन्य दुई जनाले भैंसेपाटीस्थित कालिका मन्दिरनजिकै खत्रीमाथि कु टपि ट गरेको ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

‘त्यस दिन हेम खत्रीले कालिका मन्दिरनिर बसबाट ओर्लिंदा माला साहलगायत दुई जनाले आफूलाई कु’ट’पि’ट गरेर पैसा, सुन, मोबाइल लुटे भन्दै निवेदन दिएका थिए,’ एसएसपी राईले भने, ‘हामीले छलफल गर्न बोलाएका थियौं, माला आइन्, अरू आएनन्।’

त्यसैको भोलिपल्ट साहले खत्री आफ्नो श्रीमान भएको दाबी गर्दै सँगै बस्न पाउनुपर्ने मागसहित प्रहरी कार्यालयमा निवेदन दिइन्। एसएसपी राईका अनुसार, साहले खत्रीसँग २२ वर्षदेखि सम्बन्ध रहेको र आफू रातोपुलमा कोठा लिएर बस्दै आएको बेहोरा खुलाएकी थिइन्।

‘सँगै बसौं भन्दा पनि मानेनन्, त्यसैले सम्बन्ध कायम गरिपाउँ,’ साहको निवेदन उद्धृत गर्दै राईले भने।

‘हामीले अदालत जान आग्रह गरेका थियौं, तर उनको नागरिकता थिएन। नागरिकता नभएपछि हामीले महिला आयोग वा कानुनी सहयोग तथा परामर्श केन्द्र लगायत संस्थाहरूमा जान सुझाव दियौं,’ एसपी दुर्गा सिंहले भनिन्, ‘त्यसको सट्टा उनी महिला अधिकारकर्मी र युट्युबरहरूलाई लिएर खत्रीको घर जान थालिन्।’

साह यसअघि पनि खत्रीको घरमा पाँचपटक पुगिसकेको प्रहरीले जनाएको छ।

बिहीबार खत्री घरमा थिएनन्। उनकी छोरी मात्र थिइन्। उनैले प्रहरीलाई खबर गरिन्। प्रहरीले त्यहाँ पुगेर सबैलाई घरबाट निस्कन आग्रह गर्दा नमानेपछि इन्स्पेक्टर पौडेलले ला’ठी प्र हा र गरेको जनाएको छ।

यो घ’ट’नामा प्रहरीले छ जनालाई नि’य’न्त्र’णमा लिएको थियो। तीमध्ये साह, रुपा घिसिङ, गोमा केसी र शोभा खड्कावि’रुद्ध अ’भद्र व्यवहारमा मु’द्दा दायर गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न सात दिनको म्याद थपेको छ। हेमा र उर्मिला थिङ भने बिहीबारै छुटेका छन्। सेतो

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…