वामदेवलाई प्रधानमन्त्री नै चाहिने ! प्रिय बामदेव कमरेड तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बनेरै देखाउने अठोट गरेका छन् । त्यो पनि अहिलेकै संसद्बाट बर्दियाबाट निर्वाचन हार्नु भएका वामदेव किन यसरी उचालिनु भयो ?

यसका पछि ठूलै रणनीतिले काम गरेको देखिँदै छ । वामदेव प्रधानमन्त्री बन्न निकै कठिन छ । त्यसका लागि उहाँ कि त संसदीय निर्वाचन जितेर आउनु पर्यो कि त राष्ट्रिय सभा सदस्य बनेर संविधान संशोधन गरेर बढ्नुपर्यो ।

निर्वाचनमा उठ्न कुनै पनि क्षेत्रको प्रतिनिधिसभामा सिट खाली गरेर निर्वाचन जित्नु पर्छ । उहाँका लागि सिट खोली गरेर निर्वाचन जित्नुपर्छ । उहाँका लागि सिट छाड्न नेता तयार नभएका पनि होइनन् ।

तर, गौतम निर्वाचनमा आफूमाथि अन्र्तघात हुने भ्रएकाले त्यो बाटो रोज्न तयार हुनुहुन्न । उहाँ राष्ट्रिय सभामा राष्ट्रपतिद्वारा मनोनीत हुने र संविधान संशोधन गरी अघि बढ्न चाहनुहुन्छ । यसलाई धेरैले असम्भव ठानेका छन् ।

तर, गौतम यसरी लाग्नु भएको छ कि यसलाई सम्भव तुल्याउँदै हुनुहुन्छ । विगतमा दुई स्थानबाट निर्वाचन हार्नु भएका माधव नेपाल प्रधानमन्त्री बनेको इतिहास छ ।त्यतिबेला संविधानमा संसद्ले चुन्ने जो कोही प्रधानमन्त्री बन्न सक्ने प्रावधान थियो ।

जस्केलाबाट माधव प्रधानमन्त्री बनेको हुनाले नै पछिल्लो समय संविधानमा प्रतिनिधि सभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरियो । यही प्रावधान हटाउन वामदेव लागि पर्नु भएको छ ।

बामदेव गाैतमलाई खुला पत्रः तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने किन ?

प्रिय बामदेव कमरेड अभिवादन ।
तपाई जनताको बहुदलिय जनवादको प्रखर ब्याख्यता हो । पार्टी भित्र तपाई सधैं क्रियाशिल र जुझारु नेताका रुपमा चिनिनुहुन्छ । तर, तपाईको अस्थिर चरित्रले पार्टीलाई सधै नोक्सान गरेको छ । २०५४ सालमा पार्टी फुटाएर तपाई अक्षम्य अपराध गर्नुभयो । पछि पार्टी जिरो भएपछि धेरै उर्जाशिल कार्यकर्तालाई तत्कालिन माओवादीमा पठाएर थोरै मात्रैं कार्यकर्ता लिएर तत्कालिन एमालेमा फर्किनुभयो । २०५६ सालमा नै तत्कालिन एमालेको बहुमतको सरकार बन्न रोक्ने र नेपाल कम्युनिष्ट आन्दोलनलाई पछाडि धकेल्ने अपजस तपाईलाई नै जान्छ ।

भलै यी कुरा केही पुराना भए । तर इतिहासका गम्भिर गल्ती र पाठ हुन् । २०७४ सालमा भएको संघिय निर्वाचनमा तपाई बर्दियाबाट हार्नुभयो, कारण तपाई नै हो । स्थानीय तहको निर्वाचनको तथ्यांक हेर्दा तपाई घरमा नै बसेर चुनाव प्रसारप्रसार बिनै चुनाव जित्ने अबस्थामा हुनुहुन्थ्यो, तर तपाई हार्नुभयो कारण किन ? कहिल्यै गम्भिर समिक्षा गर्नुभएन ।

आफु भित्र कुनै गल्ती भेट्टाउनुभएन, दोष अरु माथि लगाउनुभयो । तपाईका निर्वाचन क्षेत्रका ३२ हजारभन्दा बढि जनतालाई भड्काउने तागत कसैसँग थिएन, थियो त केवल तपाईको कार्यशैली र जनताप्रतिको घोर अपमान । तपाई एक बर्षमा कतिपटक बर्दिया पुग्नुहुन्छ ? कतिपटक जनतालाई भेट्नु हुन्छ ? त्यहाँका जनताका समस्याको समाधान कति गर्नुभयो ? तपाईको भैसेपार्टीको घरमा के जनताको सहज पहुँच छ । आफ्नो घरमा पालेका कुकुरको जतिको माया तपाईलाई बर्दियाका जनताको छ ?

किन त्यहाँका जनताले तपाईलाई रुचाएनन् ? हरि पराजुली र डिवी कार्कीका भरमा तपाई चुनाव जित्ने सपना देख्नुभयो । म तपाईलाई एउटा उदाहरण दिन्छु, तनहुँ क्षेत्र नं. १ बाट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई यसपटक किसान श्रेष्ठले हराए, किन हराए ? हामीले भन्यौं रामचन्द्र पौडेलले जितेर केही गरेनन्, यसपटक तपाईहरुले तनहुँलाई पछाडि धकेल्ने की अगाडि बढाउने सोच्नुस् भनेर जनतालाई बुझायौं ।

एकपटक जनतालाई मन बदल्न भन्यौं र जनताले सोही अनुसार पौडेल हराए र किसान जिताए । तपाईकै जतिको वजन पौडेलको पनि थियो, पार्टीमा । तपाईलाई एउटा जानकारी गराऔं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हरेक महिना कम्तीमा पनि दुईपटक चितवन आउनुहुन्छ, यहाँका जनतालाई भेट्ने गर्नुहुन्छ । किन आउनुहुन्छ होला सोच्नुस् ।

तपाईलाई जनताले पाँच बर्षका लागि संसदमा जान रोकेकै हुन् तर तपाई १५ पटकसम्म संसद छिर्ने अनेक प्रयास गरिरहनुभएको छ । पार्टीका अध्यक्ष र नेताहरुलाई दुःख दिईरहनु भएको छ । अनावश्यक तनाव सिर्जना गर्नुभएको छ । आखिर किन ? तपाईलाई संगठन विभागको प्रमुख बनायो, विधान संसोधन गरेर भए पनि उपाध्यक्ष पार्टीले बनायो ।

अझैं गनगन किन ? संगठन विभाग प्रमुख भएर गर्नुभयो अहिलेसम्म के ? कतिवटा कार्यक्रम गर्नुभयो ? कति संगठन फैलाउनुभयो ? कहाँ कहाँको विवाद मिलाउनुभयो ? तपाई कतैं कसैका लागि परिचालित भएर सिंगो पार्टीलाई ध्वतः बनाउने अभियानमा त हुनुहुन्न ? तपाईलाई जनताले हराएकै बेला प्रधानमन्त्री बन्ने लालसा किन यति चुलियो ? तपाई प्रधानमन्त्री भएर गर्नुहुन्छ के ? उद्धेश्य के ? तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने किन ? जनताको बीचमा गएर अर्को चुनावका लागि तयारी गर्नुस् । तपाईको पहुँच छ त्यसको सहि सदुपयोग जनताका लागि गर्नुस् । आगे तपाईको मर्जी शुभकामना छ ।

सुवास पण्डित, चितवन । तस्विर श्रोत : गुगल 

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…