खाडी राष्ट्रमा तीव्र गतिले फैलदै कोरोना भाइरस, साउदी अरबले गर्यो पर्यटक भिसा बन्द

विष्णु घिमिरे। साउदी अरेबिया : विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपत्कालीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ। उसले हवाईसेवा पनि बन्द गरेको छ।

कोरोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जानाएको छ। उसले इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो।

उमराका लागि वर्षभर लाखौं व्यक्ति साउदी आउँछन्। हजका बेला पर्यटकको संख्या बढ्ने भएकाले संक्रमणलाई ध्यान दिँदै साउदीले यो निर्णय लिएको हो।

साउदी सरकारको सेल्स टिमले बिहीबार विज्ञप्ति निकाल्दै भाइरस नियन्त्रण गर्न भिजिट भिसामा चीन, जापान, थाइल्यान्ड, मलेसिया, इन्डोसिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायत मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ। साउदीले मुलुकभित्र पनि उच्च सतर्कता अपनाएको जनाएको छ। साउदीमा कोरोना संक्रमण नदेखिए पनि पहिले नै सचेतता देखाइएको हो।

इस्लाम धर्मअनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो। मदिनामा उनको अन्तिम संस्कार गरिएका कारण पनि त्यो स्थानमा संसारभरका मुस्लिम पुग्छन्। साउदीले अक्टोबरयताको ६ महिनामा ५ लाख विदेशीलाई प्रवेशाज्ञा उपलब्ध गराएको छ।

सम्पूर्ण मुस्लिमले विश्वास गरी मक्का मदिनामा गरिने उमरा र हजका लागि आवतजावातलाई केही समयका लागि बन्द गरिएको छ। ट्राभल एजेन्सीलाई पनि यो सूचना जानकारी गराइएको छ। विभिन्न मुलुकबाट आउने आफ्ना नागरिकलाई आईडी कार्ड देखाई आफ्नोमा प्रवेशका लागि उसले आग्रह गरेको छ।

विश्वमा कोरोनाबाट संक्रमित व्यक्तिको संख्या ८३ हजार पुगेको छ। चीनको वुहानबाट फैलिएकोले त्यहाँ अत्यधिक प्रभावित थिए। त्यो अहिले सर्दै विश्वका मुलुकमा देखिन थालेको हो। गर्मी हुने मुलुकमा नदेखिने भनिए पनि पहिले नै सतर्कता अपनाइएको बताइएको छ। सन् २०१९ को डिसेम्बरमा चीनको हुपैको वुहान सहरबाट उक्त भाइरस संक्रमण आरम्भ भएको हो।

यो संक्रमण बढ्दै जाँदा हुपै प्रान्तमा रहेका नेपालीलाई काठमाडौं ल्याएर क्वारेन्टाइनमा राखिएको छ। साउदी अरेबियामा सतर्कता अपनाउन थालेपछि यहाँ रहेका नेपाली पनि हुलमुलमा नजाने र काम–घर मात्र गरिरहेका छन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…