नेपाल कोरोनाभाइरसबाट अति उच्च जोखिम भएको मुलुकको सूचीमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् ।

डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।

नेपालमा एकजना बाहेक कसैलाई कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको छ ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ ।

उसले स्वास्थ्य विभागसँग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

स्वास्थ्य विभागले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा रहन आग्रह गरेको छ ।

एयरपोर्टको हेल्थ डेस्कमा मन्त्रीदेखि प्रधानमन्त्रीको चासो

विदेशीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केहीवर्ष अघिदेखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ । पछिल्लो समय कोरोनाको प्रकोप बढेपछि सो डेस्कलाई थप व्यवस्थित बनाएको छ ।
थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ । तर सो कार्य प्रभावकारी नभएको हवाई यात्रुहरुले बताउँदै आएका छन् ।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…