उत्तर कोरियामा कोरोनाबाट बिरामी हुननपाइने, एक संक्रमितको गो’ली हानी ह’त्या !

प्योङयाङ : चीनको छिमेकी मुलुक उत्तर कोरिया कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरेका छन् । तर केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् ।

तर तिनलाई गो’ली हा’नी ह’त्या गरेको बताइएको छ । उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन् । उत्तरकोमा एक प्रकारले कोरोनभाइरसबाट संक्रमित हुननपाइने नियम जस्तै बनाइएको छ। विरामीको उपचार भन्दा तिनको सफाया गरिँदै आएको उत्तरकोरियामाथि आरोप छ।

उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए । दक्षिण कोरियाली पत्रिका कोसन इल्बोले सिनुइजु सहरमा दुईजना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको थियो ।

कोरोना प्रभावित दक्षिण कोरियामा के–के हुँदैछ ?

चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ कोरोना भाइरस यतिबेला दक्षिण कोरियाका विभिन्न शहरमा पुगेको छ । कोरिया रोग नियन्त्रण विभागका अनुसार जनवरी २० मा चीनको वुहानबाट फर्किएका ५५ वर्षीय कोरियन नागरिकलाई पहिलो पटक यो भाइरस देखा परेको पुष्टि भएको थियो ।

फेब्रुअरी २८ साँझको ५ बजेसम्म १३ जनाले ज्या न गु माइसकेका छन् । ज्यान गुमाउनेमध्ये एक जना मंगोलियन नागरिकसमेत रहेको कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

अहिलेसम्म २ हजार ३३७ जना कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ । २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारमा रहनेको संख्या २४ हजार ७५१ पुगेको छ ।

संक्रमित मध्ये ८० प्रतिशत नागरिक थेगु शहरका छन् । थेगु शहरस्थित शिन्छेङ्गी चर्चमा प्राथनाका लागि पुगेकी एकजना संक्रमित महिला त्यस चर्चमा ३ पटकसम्म पुगेको र उनैबाट संक्रमितको संख्या बढेको कोरियाली सञ्चार माध्यमले बताएका छन् ।

सोधपुछपछि चर्चसँगै ती संक्रमित महिला अन्य १६६ जनासँग सम्पर्कमा पुगिसकेकी हुनाले सरकारले ती महिलासहित सबैलाई अहिले निगरानीमा राखी चेकजाँच शुरु गरेको छ ।

ती संक्रमित महिला पुगेको एक अस्पतालका कर्मचारीलाई समेत सो समयमा संक्रमण देखिएको कोरियाली रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

कोरोनाको प्रभावका कारण अहिले बस, ट्रेन लगभग रित्तो अवस्थामा पुगेका छन् । कोरिया सरकारले सूचना नै जारी गरी केही दिन घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोनाको केन्द्रबिन्दु थेगु शहरका करिब २५ लाख नागरिकहरुमा यसको प्रत्यक्ष प्रभाव परेको छ । त्यस क्षेत्रका पसल र मार्टहरु प्रायः खालीजस्तै रहेको लगभग एक हप्ता हुन लागिसकेको छ ।

कोरियामा अहिले माक्सको प्रयोग अनिवार्य गरिएको छ । दैनिक उपभोग्य खाद्य सामाग्री तथा माक्सका लागि धेरै समय लामो लाइन बस्नुपरेको अवस्था देखिएको छ । सानातिना सामानहरुको खरीदका लागि पनि मानिसहरु अनलाइन सपिङ गर्न बाध्य छन् ।

कोरोनाका कारण अर्थतन्त्रमा प्रत्यक्ष असर देखिन थालेको छ । करीब ५० हजार नेपाली रहेको कोरियामा नेपाली कामदारहरुमा कोरोनाको संक्रमण नदेखिए पनि यसको अप्रत्यक्ष असर भने परिरहेको छ । कोरियाका केही कम्पनीहरु बन्द नै भैसकेका छन् । केही कम्पनीहरु आधा दिनसम्म खुल्छन् भने केही कम्पनी बन्द हुने अवस्थामा रहेका छन् । यसले नेपालीहरुको रोजगारीमा असर पार्ने देखिएको छ ।

कोरिया सरकारले कोरोनाको नियन्त्रणका लागि सुरुका दिनदेखि नै उच्च सतर्कता अपनाइरहेको छ ।

 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…