कोरोना भाइरसले भ्रमण वर्षलाई कुनै प्रभाव पारेकाे छैन : सुरज वैद्य

काठमाण्डौ – ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनै पनि कार्यक्रमहरु प्रभावित नभएको बताउनुभएको छ ।

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाण्डौमा आयोजित कार्यक्रममा संयोजक वैद्यले पर्यटन वर्षका कुनै पनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नभएका र नहुने बताउनुभएको हो ।

उहाँले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभइ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभएको हो ।

उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको बताउनुभयो ।

सगरमाथा, पोखरा, चितवन,काठमाण्डौमा मात्र केन्द्रित भएको पर्यटनलाई सुदूरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनै पनि अवरोध नगरेको उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरसको कारण २० लाख पर्यटक आउन नसके पनि भ्रमण वर्षलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आउँदाे वर्षदेखि पर्यटकहरुको वृद्धि हुनेगरी काम भइरहेको बताउनुभयो ।

उहाँले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि गर्ने, प्रवर्द्धन गर्ने काम भइरहेको जानकारी दिनुभयो।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…