नेपालमा बहस चलिरहेकै बेला श्रीलंकामा एमसीसी अस्वीकृत, अब नेपालमा के होला ?

कोलम्बो : नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए।

बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो।

लगत्तै शुक्रबार सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंकाली सञ्चारमाध्यम द सन्डे मर्निङले उल्लेख गरेको छ।

प्रवक्ता गुनावर्दनेका अनुसार यसअघि सरकारले सम्झौताका केही बुँदा संशोधन गर्नेबारे अमेरिकासँग कुरा गर्ने तयारी गरेको थियो।

श्रीलंकाले गत डिसेम्बरमा तत्कालका लागि एमसीसी स्थगित गरेको थियो। डिसेम्बर २१ मा राष्ट्रपति गोटाभाया राजपाक्षले ट्वीट गर्दै विस्तृत अध्ययन नगरेसम्मका लागि एमसीसी स्थगित गरिएको जानकारी गराएका थिए।

एमसीसीले सन् २०१६ डिसेम्बरमा आफ्नो योजना लागू गर्नका लागि श्रीलंकालाई छनोट गरेको थियो भने २०१८ अगस्टमा सम्झौताका लागि अमेरिकी कंग्रेसलाई जानकारी गराएको थियो।
के हो एमसीसी

एमसीसीको मतलव मिलेनियम च्यालेन्ज कर्पाेरशन हो। याे विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्यसहित एक परियोजनाका रुपमा सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो।

सन् २०१२ यता विभिन्न चरणको छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो। सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीयम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन भएको हो। यसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहने व्वस्था छ।

यो नेपालको अर्थ मन्त्रालयअन्तरगतको विकास समिति हो। एमसीसीको कार्यक्रम कार्यान्वयन गर्न असोज १२ गते काठमाडौंमा हस्ताक्षर भएको थियो।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…