बच्चा बोकेकी महिलालाई लाठीचार्ज गर्ने प्रहरी इन्स्पेक्टरमाथी छानबिन सुरु

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।

एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्।

ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे।

घरअगाडि महिला भेला भएका थिए, नि यन्त्रण गर्न पुरुष प्रहरी पनि गएका थिए।

प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्यो। त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए।

उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हा नेका छन्। पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो। ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए।

इन्स्पेक्टर पौडेलले आफूले लाठी प्र हार गरेको स्वीकारेका छन्। ‘त्यहाँ पुगेपछि हामीले महिलाहरूलाई कानुनी प्रकृयामा अगाडि बढ्नुस भनेका थियौं,’ पौडेलले सेतोपाटीसँग भने,’नमानेपछि क्लियर गरिदिएका हौं।’ बच्चा बोकेकी महिलामाथि किन लाठी हानेको त भन्ने प्रश्नमा उनले सामान्य बल प्रयोग गरेको बताए। ‘अब प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गरिहाल्छ नि,’ उनले भने।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई प क्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा प क्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

‘प क्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारिरीक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले प क्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ।

बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै थिए। तर महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागे। एसएसपी राईले भने महिलामाथि पुरूष प्रहरीले लाठी हानेको जानकारी आफूलाई नभएको बताए।

छानबिन सुरु

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ ।

प्रतिवेदनको रायको आधारमा पौडेलले कारबाही हुनसक्छ । स्रोतका अनुसार समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

समग्र प्रकरणको विषय एकातिर भए पनि महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरी उच्च अधिकृतहरु बताउँछन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हामीले छानविन सुरु गरिसकेका छौं, दोषी देखिए कारबाही हुन्छ ।’

 

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…