इरानकी उपराष्ट्रपतिलाई पनि कोरोनाभाइरसको संक्रमण, दक्षिण एसिया पनि खतरामा

काठमाडौं। उपस्वास्थ्यमन्त्रीपछि इरानकी उपराष्ट्रपतिलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उपराष्ट्रपति मासुमेह एब्टेकरमा गरिएको कोरोनाभाइरस संक्रमण परीक्षण पोजेटिभ देखिएको हो । यसअघि त्यहाँका उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई पनि कोरोना भाइरस संक्रमण देखिएको थियो।

क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्।

उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन्। उनी इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन्। जसमा एक जनाको मृत्यु भइसकेको छ।

इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी संक्रमित देखिएका छन्। तर, स्वास्थ्य विज्ञहरुले भने इरानमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेको र संख्या एक हजारभन्दा माथि पुगेको बताएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका ४७ देशमा पुगिसकेको छ।

दक्षिण एसिया पनि खतरामा

चीनबाट युरोपतिर सरेको कोरोना भाइरसबाट दक्षिण एसियाली देश उच्च जोखिममा रहेको विश्व स्वासथ्य संगठनले जनाएको छ । अव्यवस्थित स्वास्थ्य सेवा, थोरै क्षेत्रमा धेरै जनसङ्ख्या र जनचेतनाको कमीका कारण एसियाली देश उच्च जोखिममा रहेको डब्लुएचओको निश्कर्ष छ ।

कोरोना भाइरसको फैलावट रोक्न सहयोग पुर्‍याउन साउदी अरेबियाले अस्थायी रूपमा मक्का र मदिनामा धार्मिक तीर्थयात्रा रोकिदिएको छ । जहाँ हरेक वर्ष विभिन्न देशका लाखौं मानिस तीर्थयात्राका लागि पुग्दथे ।

कुवेत, थाइल्याण्ड र बहराइनमा क्रमश ४३, ४० र ३३ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा मलेसियामा २२ जनामा संक्रमण पुष्टि भएको छ । भियतनाममा १६, हङकङमा ९३, सिंगापुरमा ९२ र कुवेतमा ४३ जनामा संक्रमण पुष्टि भएको छ।

यी एसियाली देशहरु मा नेपाली पनि रोजगारीका लागि पुगेका छन् । यो तथ्याकंले नेपाल र नेपालीसमेत खतरामा रहेको संकेत गरेको छ ।

भारत, पाकिस्थान, श्रीलंका र नेपालमा पनि संक्रमित देखिइसकेका छन् । जसको कारण विश्व स्वासथ्य संगठनले सावधान रहन आग्रह गरिरहेको छ ।

युरोपमा कोरोना आतंक

जब कोरोना भाइरस चीनबाट युरोपेली देशमा प्रवेश गर्‍यो तब यसको त्रास दोब्बर रुपमा बढेर गएको छ ।

ग्रिसमा बुधबार पहिलो पटक कोरोना भाइरस संक्रमण भएको छ । फिनल्यान्ड र स्वीडेन दुबै देशहरुमा २ जना भन्दा बढी व्याक्तिमा संक्रमण पुष्टि भएको छ । चीनबाट फर्केका एक नागरिकलाई कोरोना भएको नर्वेले पुष्टि गरेको छ ।

जर्मनी फ्रान्स र स्पेनमा क्रमश २१, १८ र १२ जनामा संक्रमणको पुष्टि भएको छ ।

रसिया र टर्कीको सीमामा पर्ने जर्जियामा पनि संक्रमित भेटिएको पुष्टि भएको छ । इटालीमा त झन् ४ सय ४७ जना संक्रमित भएका छन भने १४ जनाको मृत्यु भइसकेको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…