नाकाबन्दमा एक शब्द नबोल्ने काँग्रेसले केकमा राष्ट्रवाद खोज्यो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्। वाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन्।undefined

पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भएपनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २,४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताए। प्रधानमन्त्री ओलीले मान्छेहरुले खुसी भएर केक, खाजा लगायतका परिकार लिएको उल्लेख गर्दै भने,’मान्छे खुसी भएर कसैले केक ल्याए कसैले खादा ल्याए कसैले के गरे। होइन म नेवार ज्वाई परे ऐँला मात्रै ल्याउ भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोजेको टिप्पणी गरेका छन्। ‘कांग्रेसले भारतले नाकाबन्दी गर्दा, नाकाबन्दी लगाउँदा ग्यास नहुँदा, चुलो नबल्दा आफै भोकै बस्दा समेतको स्थितिको कुरा गर्न समेत नसक्ने अहिले केकमा राष्ट्रवाद। कांग्रेस केक राष्ट्रवादी हो’, उनले भने, ‘नाकाबन्दी लागेको बेला बोल्न नसक्ने, नाकाबन्दी बेठिक हो भन्न नसक्ने, नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने अहिले केक राष्ट्रवादी। केकमा देख्ने राष्ट्रवाद।’

प्रधानमन्त्री अोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको समेत बताएका छन्। प्रधानमन्त्री ओलीले आफू संसदबाट नभागेको बताए। बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भने, ‘संसदबाट भागेको होइन। संसदमा २ तिहाइ ल्याएको संसदको नेता नेत हुँ म। भाग्ने कुरा हुन्छ ? नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागे भन्ने के शब्द बोल्या ?’

प्रधानमन्त्री अोलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताए। यस्तै, प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्ने बताएका छन्। केही दिनपछि मृगौला प्रत्यारोपण गर्ने उल्लेख गर्दै ओलीले भने,’किड्नी फेरेको ५ दिन अस्पताल बस्छु। छैटौँ दिनबाट काम गर्छु। विरामी को हुँदैन र। म पनि अलिअलि विरामी हुन्छु। विरामी भएका बेला पनि काम गर्ने बानी परेको छ। किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु।’ उनले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने पनि बताए।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…