अब पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लाग्ने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गरेका हुन्। फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँमा कर लगाउने निर्णय गरेको थियो।

योसँगै पेट्रोल र डिजेलमा विकास कर १० रुपैयाँ हुनेछ। यसअघि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउन शुरु गरेको थियो।

अर्थमन्त्रीको प्रश्‍न : एउटा पुस्तकमा ३०/४०% नाफा खाने, १०% कर तिर्न नमान्‍ने ?

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले पुस्तकको कारोबार व्यापार नै भएकाले यसमा सरकारले कर उठाउने कुरा जायज भएको बताएका छन् ।

सरकारका प्रवक्ता रहेका मन्त्री खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा कर लगाउने निर्णय गरिएको बताए।

अरु देशहरुमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरिएको उदाहरण दिँदै मन्त्री खतिवडाले भने, ‘धेरै देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरेका छन्। हाम्रो देशमा अरबौँ रुपैयाँ लगानी गरेर प्रेस र छापाखाना स्थापना गरिएको छ। उनीहरुले मेसिन र कागज दुवैमा कर तिर्नुपर्छ। करै नतिरी ल्याउने पुस्तकसँग उनीहरुले कसरी प्रतिस्पर्धा गर्नेछन्?’

करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर पनि बिक्रीवितरण भएको खतिवडाले बताए। उनले भने, ‘पुस्तकको व्यापार व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन ज्ञानको त आदानप्रदान हुन्छ। ज्ञानको व्यापार भनेर दिग्भ्रमित पार्ने काम नगरौँ।’

एउटा पुस्तकमा ३०–४० प्रतिशत नाफा खाने तर सरकारलाई १० प्रतिशत कर दिन नमान्ने प्रवृत्ति गलत भएको पनि खतिवडाले बताए। उनले भने, ‘नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन। व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइन्छ। कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ। कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्ने गरिएको छ।’

सरकारले आयातित किताबमाथि १० प्रतिशत कर लगाउने निर्णय गरेपछि ज्ञानमाथि अंकुश लगाउने कदम भएको बताउँदै ‘मेक बुक्स ट्याक्सफ्री’ अभियान नै चलाइएको छ। पाटन दरबारस्क्वायरमा दैनिक रुपमा विभिन्न क्षेत्रका अगुवा गएर अभियानमा ऐक्यबद्धता जनाइरहेका छन्।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…