प्रधानमन्त्रीले किन सूर्य थापालाई आफ्नो जन्मघर जान दिएनन् ?

काठमाडौं। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वर पोखरेलका भित्रिया हुन्। पोखरेलका भित्रिया रहेका थापालाई प्रधानमन्त्री ओलीले केही महिनाअघि आफ्नो सल्लाहकारमा नियुक्त गरेका थिए।

तर उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, पूर्वमाओवादीले आफ्नो विरासतका रूपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा अशिष्ट टिप्पणी गर्ने, पार्टी एकतालाई विलयको अर्थमा प्रस्तुत गर्नेजस्ता काम गरिदिँदा प्रधानमन्त्री ओली र प्रचण्डबीचकै सम्बन्धमा पनि चिसोपना आइरहेको थियो।

यही कुरालाई दृष्टिगत गर्दै प्रधानमन्त्रीले केही दिनयता सूर्यलाई धेरै स्पेस नदिने नीति अख्तियार गरेका छन्। आज बुधबारको जनआस्था साप्ताहिक लेख्छ – त्यसैले आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाँदा प्रधानमन्त्रीले सूर्यलाई जान दिएनन्। जबकि हेलिकोप्टर चढेर जाने सूचिमा पहिला उनको नाम थियो।

त्यसपछि बदनाम नै सही, सल्लाहकार विष्णु रिमालका भान्जा पर्ने, कांग्रेस पृष्ठभूमिका मनोज पाण्डे तेह्रथुम लगिए। यता तेह्रथुम जान नपाएको रिस, अर्कातिर वामदेव शक्तिमा आउँदा आफू सोत्तर हुनुपर्ने, ईश्वरलाई पनि घाटा पर्ने पिरले सताएपछि पार्टी गोपनीयता खोल्ने काम सुरु भयो, सिंहदरबारस्थित प्रधानमन्त्री सचिवालयभित्रबाटै।

सूर्यले आइतबार दिउँसो कान्तिपुरकी बिनु सुवेदीलाई बोलाएर कुरा चुहाए। तर, त्यसपछि अरू पत्रकारलाई पनि उनले पालैपोलो बोलाएका थिए, त्यही कुरा भन्नलाई। थापाको कार्यशैलीका कारण सरकार अप्ठ्यारोमा परेको टिप्पणी भइसकेका बेला थापाले पत्रकारलाई बालुवाटार बोलाएर आफ्नो बिरह सुनाएका छन्।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…