आफूलाई कम्युनिष्ट पार्टीको सदस्यता दिने पुराना नेताहरुलाई भेटेर महराले लिए आशीर्वाद

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले मंगलबार दाङका कम्युनिष्ट पार्टीका संस्थापक र आफूलाई कम्युनिष्ट पार्टीको सदस्यता दिने पुराना नेताहरुलाई भेटेर आशीर्वाद र प्रेरणा लिनुभएको छ । अदालतबाट आफूमाथि लागेको आरोपबाट पूर्ण सफाई पाएपछि महरा हिजो सोमवार आफ्नो निर्वाचन क्षेत्र दाङ पुग्नुभएको हो ।

पूर्वसभामुख महराले बिहानै उठेर घोराही उपमहानगरपालिकाकै रझेना पुग्नुभएको थियो । आफूलाई २०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गर्नुहुने रझेना निवासी बासुदेव गौतमलाई भेट्न महरा त्यहाँ पुग्नुभएको थियो । पुराना वामपन्थी नेता गौतमले षडयन्त्रमा फसाइएको बताउँदै पुनः नयाँ शक्ति र संकल्पका साथ राजनीतिमा सक्रिय रहन उत्प्रेरणा दिनुभएको थियो ।

आफूलाई सदस्यता दिने नेता गौतमपछि सभामुख महराले रोल्पाबाट दाङ बसाई सरेकी मगर समुदायकी पुराना नेतृ पूर्णाकुमारी पुनलाई भेटेका थिए । उनले हिजोदेखि अहिलेसम्म महराको राजनीतिक भविष्यका लागि आफूले सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै भविष्यमा पनि उत्तिकै सहयोग गरिरहने बताउनु भएको थियो ।

पुनले नयाँ उर्जा, नयाँ संकल्पका साथ राजनीतिमा सक्रिय रहेर देश र दाङवासीको सेवामा आफूलाई समर्पित गर्न महरालाई आशीर्वाद दिएकी थिइन् ।

लगत्तै, पूर्वसभामुख कृष्णबहादुर महराले दाङको कम्युनिष्ट पार्टीका संस्थापक, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ दाङ लगायत अनेकौं संघसंस्थाका संस्थापक ८९ वर्षीय नारायणप्रसाद शर्मालाई भेट्नु भएको थियो ।

त्यस अवसरमा शर्माले दुईतिहाईको सरकारले जति काम गर्नुपथ्र्यो त्यसअनुसार नगरेको गुनासो पोख्दै त्यसलाई चिर्न र परिवर्तनका कामहरु गर्न महरालाई आग्रह गर्नुभएको थियो । उहाँले पनि महरालाई नयाँ ढङ्गले नयाँ शिराबाट राजनीतिक यात्रालाई अगाडि बढाउन उत्प्रेरित गर्नुभएको थियो ।

पूर्वसभामुख महराले दाङका अर्का पुराना वामपन्थी नेता शोभाराम बस्नेतलाई भेटेका थिए । दाङको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत गरिसकेका बस्नेतले पार्टी नै आन्तरिकरुपमा गुट र उपगुटको शिकार भएर लथालिङ्ग अवस्थामा पुगेको बताउनु भएको थियो । आन्तरिक लडाइँको शिकार महरा भएको बताउँदै बस्नेतले त्यसलाई चिर्दै अगाडि बढ्न महरालाई आग्रह गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

के भुवन र शिव राजेश हमाललाई ‘महानायक’ मान्न तयार छैनन्…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…