सुनसान बन्दै ठमेल, ७५ प्रतिशत होटल बुकिङ रद्द

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे ।

चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो ।

उनले भने,‘चीनका पर्यटकमा निर्भर ठमेल ज्याठा गल्लीका अधिकांश होटल बन्द हुने अवस्थामा छन् । बुकिङ रद्द भएपछि थप चिन्ता बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

नेपालमा ठुलै समस्या आउन सक्ने 

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विश्वव्यापी माहामारी बन्न नदिनको लागि यसको रोकथाम गर्ने सम्भावना ‘साँघुरो बन्दै गइरहेको’ चिन्ता जाहेर गरको छ । यहीबेला विश्वका विभिन्न मुलुकले संक्रमण फैलिएका तथा संक्रमणका सम्भावना भएका मुलुकका नागरिकलाई आफ्नो मुलुक छिर्नको लागि कडाइ गर्ने, बन्देज लगाउने तथा सीमा समेत सील गर्ने काम थालिसकेका छन् ।

तर, त्यसको ठीक विपरीत ‘नेपाल संक्रमणमुक्त देश’ को बखानमा सत्ताधीशहरु रमाइरहेको देश नेपालमा भने संक्रमण फैलिएका देशका नागरिक निर्वाध आउने क्रम बढेर गएको तथ्यांकले देखाएको छ ।

अहिले विमानबाट नेपाल आउनेलाई विमानस्थलमा थर्मोमिटर गनको सहायताले ज्वरो आएको छ कि छैन भनेर र्‍यापिड टेस्ट गरिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम भएको छैन । कुन देशबाट आएका नागरिक के गर्दैछन् भनेर सरकारले न निगरानीमा राखेको छ न त उनीहरुबारे थप बुझ्ने काम नै गरेको छ ।

बस्, ज्वरो नआएको पाइए उनीहरुलाई सहज ढङ्गले नेपाल प्रवेश गर्न दिइएको छ । उदेकलाग्दो कुरा चाहिँ के छ भने शरीरको तापक्रमकै आधारमा मात्रै कुनै पनि व्यक्तिलाई कोरोनाभाइरसले संक्रमण गरेको छ कि छैन भनेर थाहा पाउन सकिने अकाट्य उपाय हुँदै होइन ।

कदाचित त्यसरी यात्रा गर्ने मानिस कोरोनाले संक्रमित छ तर ऊ भाइरसको विन्डो पिरियड (संक्रमणका लक्षणहरु नदेखिने समयावधि)भित्र छ भने त्यो कुरा पत्ता लाग्नै सक्दैन ।

रोकिएनन् चिनियाँ नागरिक

चीनबाटै आउने पर्यटकको सङ्ख्या बढी हो नेपालमा । तर कोरोना भाइरसको उद्गम थलो चीनबाट आउने नागरिकको प्रवेशलाई निर्वाध छोड्नु अहिलेको एउटा ठूलो कमजोरी हो ।

किनभने तत्काल रोग नदेखिएर केही दिनपछि रोग देखिने अवस्था आएमा र उनीहरु अन्य मानिसहरुको सम्पर्कमा गई रोग सारेमा त्यसपछिको अवस्था के हुन्छ भन्ने अनुमान अहिले गर्न सकिन्न ।

कोरोना भाइरसको उत्पत्ति भएको देश अर्थात् चीन नेपालमा अत्यधिक आउने विदेशीमध्ये एक देश हो ।

कोरोना भाइरसको उत्पत्ति हुँदा अर्थात् जनवरी महिनामा मात्रै १२ हजार १ सय ६९ चिनियाँ नागरिक नेपाल प्रवेश गरेका थिए । उनीहरुमाथि सरकारले कुनै निगरानी गरेको थिएन ।

जनवरी महिनामा आएका चिनियाँ नागरिकको ‘विन्डो पिरियड’ अर्थात् क्वारेन्टाइन अवधि त सकिएको छ तर फेब्रुअरी महिनामा पनि किन चिनियाँ नागरिकलाई प्रवेशमा बन्देज लगाउन सकिएको छैन भन्ने मूल प्रश्न हो ।

जनवरीको दोस्रो साताबाट व्यापकता लिएको कोरोना भाइरसको बिगबिगीपछि फेब्रुअरी महिनाको २३ तारिखसम्म पनि चीनबाट २ हजार ६ सय ९५ जना पर्यटक नेपाल प्रवेश गरिसकेका छन् ।

उनीहरु कहाँ र के गर्दैछन् भन्ने जानकारी सरकारसँग पनि छैन । तर उनीहरुलाई सामान्य थर्मोमिटर गनबाट चेकजाँच गर्दा ज्वरो नदेखिएमा प्रवेश अनुमति दिने गरिएको छ । यसले कुनै पनि समय गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्नेछ ।

अहिले त्रिभुवन विमानस्थलमा र्‍यापिड टेस्टको अवस्था हेर्ने हो सन्तोषजनक नै देखिन्छ । स्वास्थ्यकर्मीले आफ्ना काम त इमानदारीपूर्वक गरिरहेकै छन् । तर बढी सङ्क्रमित भएका देशहरुबाट आएका नागरिकलाई पनि निगरानीमा पठाउने अवस्था नरहँदा त्यसको जोखिम भने बढिरहेकै छ ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…