खाडी राष्ट्रमा पनि पुग्यो कोरोनाभाइरस : कुवेत, बहराइन र अफगानिस्तानमा भेटियो संक्रमण

१२ फागुन, काठमाडौ । अफगानिस्तान, कुवेत र बहराइनमा पनि कोरोनाभाइरस संक्रमित बिरामी भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यी तिनै देशमा पहिलोपटक संक्रमित भेटिएका हुन् ।

एएफपीले अफगानिस्तानमा कोरोना भाइरसको पहिलोपटक संक्रमण पुष्टी भएको जनाएको छ । कुवेत र बहराइनमा पनि कोरोना संक्रमण देखिएको रोयटर्सले लेखेको छ । यी तीनै नेपाली कामदारहरु कार्यरत रहेको देश हुन् ।

अफगानिस्तानमा सुरक्षाका लागि जाने कामदार थोरै संख्यामा भएपनि बहराइन र कुवेतमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् ।

इरानमा कोरोनाकै कारण सोमबारसम्म १२ जनाको मृत्यु भइसकेको इरानी समाचार एजेन्सी आईएसएनले जनाएको छ । ४४ हजार नेपालीहरु रहेको दक्षिण कोरियामा पनि कोरोना तीव्र गतिमा फैलिएको छ । थुप्रै नेपाली विद्यार्थी र कामदार रहेको जापानमा पनि कोरोना भित्रिएपछि त्रासको अवस्था छ ।

चीनमा अझै यसको महामारी नियन्त्रणमा आइसेकको छैन । इटालीमा पनि कोरोना संक्रमणको दर तीव्र भएपछि उच्च सतर्कता अपनाइएको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…