षडयन्त्रकारीको भुमरीलाई जितेर आएँ, जनताका अगाडि कसैको केही लाग्नेरहेनछ : महरा

पूर्वसभामुख कृष्णबहादुर महराले जनताको तागतका अगाडि कसैको केही नलाग्ने बताउनुभएको छ ।

मुद्दा जितेपछि पहिलोपटक निर्वाचन क्षेत्र दाङ आएका महराले भन्नुभयो– ‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उनले भने, ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’

आफू दाङ आउँदा यति धेरै स्वागत र सम्मान होला भन्ने नसोचेको उल्लेख गर्दै दाङ २ का सांसद महराले थप्नुभयो– ‘बाटैभरी मलाई यति धेरै स्वागत भयो। मैले यस्तो हुन्छ भन्ने सोचेको थिइनँ। म जनताको साथमै छु। दाङको विकासका लागि कटिबद्ध छु । म नेपाली हुँ, राष्ट्रवादी हुँ। राष्ट्रिय स्वाधिनताका लागि मेरो शिर सधैं ठाडो हुन्छ।’

आफू जनताको बीचमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन। मलाई जनताको साथ छ। यही नै ठूलो कुरा हो।’

महराको स्वागतमा दाङमा उर्लियो जनसागर

काठमाण्डौंमा आफ्नो निर्वाचन क्षेत्र दाङ आउने क्रममा उहाँलाई ठाउँ ठाउँमा भव्य स्वागत गरिएको हो । दाङको भालुवाङमा हजारौंको संख्यामा आएका जनताहरुले महरालाई फूलमाला र अविरल लगाएर स्वागत गरेका थिए ।

त्यसैगरी उहाँलाई लमहीमा पनि भव्य स्वागत गरिएको थियो । देउखुरीका विभिन्न क्षेत्रमा जनताको स्वागत लिएर दाङ उपत्यका प्रवेश गर्नुभएका महरलाई घोराही उपमहानगरपालिका वडा नं १७ का स्थानीयहरुले बाटोमा नै रोकेर भव्य स्वागत गरेका थिए ।

सयौंको संख्यामा आएका मतदाताहरुले आँफूहरुले महरालाई निरन्तर साथ दिएको र आगामी दिनमा दिइरहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेकपा घोराही १७ का अध्यक्ष पदम केसीले महरालाई कसरी षडयन्त्रपूर्व फसाईयो भनेर स्पष्ट पार्नुभएको थियो ।

बेलुकी करीब साढे ४ बजे घोराही आइपुग्नुभएका दाङ निर्वाचन क्षेत्र नं २ का निर्वाचित सांसद् महरालाई हजारौंको जनमासले भव्य स्वागत गरेको थियो ।

हातमा माला, खादा र अविर लिएर स्वागतमा उत्रिएका जनताहरुको भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी तथा युवाहरुलाई हम्मे हम्मे परेको थियो ।

स्वस्फूर्त रुपमा हजारौं जनसमुदाय स्वागतमा उत्रेको देखेर महरा भावुक समेत हुनुभएको थियो । स्वागत पछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै महराले आँफू निरन्तर राष्ट्रिय स्वाधिनको पक्षमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभहो ।

तीन महिना भन्दा बढी षडयन्त्रमुलक ढंगले आँफूलाई दुःख दिने काम भएको उल्लेख गर्दै उहाँले जनताको माया र साथले आँफू खुशी भएको बताउनुभयो । आँफू पूर्ण रुपमा निर्दोष भएको कुरा अदालतले समेत पुष्टि गरिसकेकाले यस विषयमा थप बोल्न नपर्ने उहाँले बताउनुभयो ।

आम मतदाता तथा नागरिकहरुको तर्फबाट बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले महरालाई दाङको विकासको प्रमुख सुत्रधार भएको बताउनुभयो । उहाँले महरालाई आगामी दिनमा अँझ देश जनता र दाङको विकासमा सशक्त भएर लाग्न आग्रह समेत गर्नुभयो ।

 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…