हामीबाट विश्वका कम्युनिष्टले धेरै ठुलो शिक्षा लिएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई जोगाइराख्न कार्यकर्तालाई आग्रह गरेका छन्। साविकका एमाले र माओवादी एकता धेरै शक्तिका लागि नमुना बनेको भन्दै उनले आफुहरुबाट विश्वका कम्युनिष्ट र प्रगतिशिल आन्दोलनले पाठ लिएको दाबी गरे।

‘इतिहासका फरक– फरक धारलाई एउटै ठाउँमा ल्याएर एउटै पार्टी बनाएका छौँ’ उनले भने, ‘विश्वका कम्युनिष्ट प्रगतिशील, देशभक्तिपूर्ण आन्दोलनहरुले हामीबाट शिक्षा लिएका छन्।’

माओवादी द्वन्द्वको रुपान्तरण पनि विश्वका लागि नमुना भएको उनले बताए। ‘हामीले द्वन्द्वलाई मौलिक ढंगले व्यवस्थापन गरेर शान्ति प्रक्रिया सफलताको अन्तिम विन्दुमा छौँ’, ओलीले भने, ‘यो दुनियाको लागि नमुनाको विषय हो।’

भुटानी शरणार्थी समस्या समेत तेस्रो देशमा व्यवस्थापन गरेर नमुना पेश गरेको उनले जिकिर गरे। नेपालमा रहेका भुटानी शरणार्थी तेस्रो मुलुक अर्थात अमेरिका स्थानान्तरण भएका छन्।

प्रतिक्रियावादीले जनताको शक्तिलाई पराजित गर्न नसक्ने बताउँदै उनले भने ‘सचेत, संगठित र शान्तिपूर्ण जनदबाबबाटै परिवर्तन ल्याउन सकिन्छ।’
उनले कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न समेत आग्रह गरे।

लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढ्न खोज्दा प्रतिक्रियावादीले विगतमा बाटो छेकेको उनले बताए। ‘आफूले जित्नुपर्छ, आफूले नजितेपछि अलोकतन्त्र भइहाल्छ, अधिनायकवाद भइहाल्छ भन्नु प्रतिक्रियावादको परिभाषा हो’ उनले भने।

मञ्चमा बसेर झण्डै डेढघण्टा लामो प्रशिक्षण मन्तव्य राखेकाका प्रधानमन्त्री ओलीले अधिकाँश समय भने सरकारको बचाउमा खर्च गरेका थिए। उनले सरकारले शिक्षा, स्वास्थ्य, उर्जा, विकास निर्माणमा धेरै काम गरिरहेको बताएका थिए।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…