प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको जवाफ, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नै केक काटिएको हो’

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आइतबार काटिएको केक अन्तर्राष्ट्रिय अभ्यासअनुरुप भएको प्रधानमन्त्रीको सचिवालयले प्रष्ट पारेको छ ।

नेपालको नक्सा अंकित केक काटिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप केट काटिएको जिकिर गर्नुभएको हाे ।

न्यूज २४ नेपाल डट टिभीसँग संक्षिप्त कुरा गर्दै प्रेस सल्लाहकार थापाले केकको विषयलाई लिएर अनावश्यक तरंग पैदा गर्न खोजिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय अभ्यास र चलन नहेरी आलोचना गर्नुको पछाडि कुनै तुक छैन, आलोचना गर्नेहरुको साँघुरो मानसिकता देखियो, यस्मा प्रधानमन्त्री तथा उहाँको सचिवालयको पनि कुनै संलग्नता छैन । ’

छिमेकी भारतसहित अमेरिका र रुसलगायतको देशमा यस्तो चलन रहेको उल्लेख गर्दै प्रेस सल्लाहकार थापाले हरेक विषयमा नकारात्मक दृष्टिकोण मात्र राख्ने चलन त्याग्न पनि सुझाव दिनुभयो ।

केक–संस्कृति

जन्मदिन वा कुनै उत्सवका रुपमा केक काट्ने प्रचलन नेपाली मौलिक शैली हुँदै होइन । तर पनि आजकल समय, समाज र बाह्य संस्कृति या भनौँ ग्लोबलाइजेसनको प्रभावस्वरुप नेपालमा पनि जन्मदिनमा केक काट्नु अब संस्कार नै बनिसकेको छ । जन्मदिनभन्दा पर पुगेर केक-संस्कारले वैवाहिक वर्षगाँठ, कुनै उत्सव, खुशियाली आदिमा समेत स्थान पाइरहेको छ ।

तर यसरी केकमा देशको नक्सा, झण्डा वा राष्ट्रप्रमुखककै तस्वीर राखेर काटेकाे घटना भने याे नै पहिलाे हाेइन । अन्य मुलुकमा पनि यसरी नक्सा, झण्डा, विश्वकै मानचित्र समेत राखेर केक तयार पार्ने गरिन्छ । खोज्दै जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा पनि भारतको नक्सा प्रिन्ट गरेर केक बनाइएको गुगलमा भेटिएको छ ।

भनिन्छ– केकमा आफूलाई सबैभन्दा मन पर्ने र प्यारो लाग्ने चीज–वस्तुकै प्रतीक बनाएर काट्ने गरिन्छ । तर नेपाली समाजमा भने राष्ट्रको नक्सायुक्त केक बनाएर बाँडिखाएकाे दृश्य अलि अपाच्य नै देखियो । त्यसैको तीव्र प्रतिक्रिया हो– सामाजिक सञ्जालभरि देखिएको आक्रोश, खेद, व्यंग्यमय आलोचना ।

प्रधानमन्त्री ओलीले वर्षौपछि आफू जन्मेको माटो टेक्नु, त्यहाँ जन्मोत्सव मनाउनु मातृभूमि र माटोप्रतिको माया हो । यो राम्रो पक्ष हो । तर उनले केककै संस्कृति अवलम्बन नगरी नेपाली मौलिकता झल्किने शैली अपनाएर जन्मदिन मनाउन सक्थे । राजसी ठाँटबाठमुक्त जनप्रिय तवरले उत्सव मनाउन सक्थे । जसले उनको लोकप्रियता अझ चुलिने थियो । तर यस घटना (यतिवेलासम्मका काण्ड) बाट उनले जे-जति आलोचना खेपे, त्यसबाट उनी नेतृत्वको सरकारको आयुरेखा अब लामो नहोला भन्न सकिने अवस्था देखिँदैछ । भलै उनको जीवनकाे आयुरेखा लामो नै बनोस्, यसमा कसैको कुमति रहन्न।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…