स्मार्ट लाइसेन्सका नराम्रा पाटाहरू : किन यस्तो दुख भोग्नु परिरहेको छ ?

विकास शर्मा 

१५ सय नवीकरण शुल्क, १५ सय जरिवाना मेडिकल यताउता गर्दा लगभग ३२ सय खर्च गरेर तिन-चार घण्टा लाइनमा बसिसकेपछि मैले पाएको नयाँ सर्मार्ट लाइसन्स हो ‘विल तिरेको रशिद’ अर्थात् कागजको खोस्टा। स्मार्ट लाइन्ससको नाममा जनताहरुलाई ‘स्टुपिट’ बनाई राखिएको छ। सरकारको आयु पाँचवर्षको हुन्छ। पंचवर्षीय योजनाहरु बनाएर विकासनिर्माणको काम गरेर जनताको मन जितिन्छ। तर, स्मार्ट लाइसन्स लागु भएको दुइ-तिन बर्ष भइसक्दा पनि एउटा सामान्य काजकको टुक्रा दुइतिन बर्षसम्म प्रिन्ट गर्न नसक्ने सरकारको औकात के होला ?

स्मार्ट लाइसन्स प्रिन्टमा पत्र ढिलो नभएर यसको डिजाइनमै भयङ्कर ठुलो त्रुटी छ। जनताबाट संकलन गरिएका डेटा कहाँ जान्छन् र यसको सुरक्षाको प्रत्याभूति कसरी दिइएको छ ? महत्वपूर्ण डेटा र यसमा प्रयोग हुने प्रविधिको बारेमा कुरा गर्नुभन्दा अगाडी यसको डिजाइन र यसमा भएका त्रुटीहरुको बारेमा बुझौं ।

डिजाइन  

गुगलमा खोजीगर्दा धेरै खाले फोटोहरु भेटिसकेपछि फेबुक ग्रुप ‘दारी ग्याङ्गमा’ लेटेस्ट हालै बनेका लाइन्ससको फोटो मगाएँ। फोटो पाउने वितिकै सबैभन्दा पहिला मेरो आँखा गयो डिजाइनमा भएको भाषामा अर्थात् अंग्रेजी भाषामा। पुरानो लाइन्ससमा नेपाली र अंग्रेजी दुवै भाषा भएको थियो हाल आएर अनुसन्धान गरेर यातायात व्यस्था विभागले अंग्रेजी भाषा मात्रै राख्ने निर्णय गर्यो ? यसबारेमा खोज्दा वेबसाइत लगाएत कतैपनि मैले क्यै जानकारी पाएन ।

भाषाको कुरा किन पनि महत्वपूर्ण छ भने, मसंग युरोपियन युनियनको लाइसन्स छ। युरोपियन युनियन मध्य कुनैपनि देशबाट लिएको लाइन्सन्स युरोपियन युनियनभरिका अन्य मुलुकमा मान्य हुन्छ। यद्यपि, त्यति हुँदाहुँदै पनि युरोपियन युनियनका हरेक देशले आफ्नै भाषामा लाइसन्स निकाल्छन। अरु देशसंग भाषामा सहजता होस्  भनेर लाइसन्समा कोड प्रयोग गरिएको हुन्छ। तर, नेपालीहरुलाई आफ्नो देशको लाइसन्स पनि अंग्रेजीमा पढ्नुपदने वाध्यता बनाउने यो निर्णय के अनुसन्धान गरेर लिइयो ? यसको जानकारी मैले कतैपनि पाएन।

नेपालमा अझैसम्म पनि जेनेभा र भिएना ट्राफिक र बाटोसम्बन्धि सन्धि राम्रोसंग पालना नहुनाले नेपालको लाइसन्स सहजै अन्य मुलुकमा परिवर्तन गर्न सकिदैन । मैले दुइ हजार युरो खर्च गरेर लाइसन्स बनाईरहँदा संगैको बंगलादेशी साथीले मात्र ४० युरोमा आफ्नो बंगलादेशको लाइसन्स परिवर्तन गर्नसक्यो। यद्यपि, उनीहरुको लाइसन्समा पनि बंगाली भाषा र अंग्रेजी दुवै भाषा  प्रयोग भएको हुन्छ।

भाषाको कुरा छोड्ने हो भने लाइसन्समा फोटोको मुनी लेखिएको NEP नै एकदमै हास्यासपद छ। अहिलेको स्मार्ट लाइसन्समा म यो सबैभन्दा ठुलो त्रुटी मान्छु। सजिलै बुझ्दा NEP को अर्थ नेपाल भन्ने बुझाउँछ, धेरैलाई नेपालनै हो भन्ने लागेको होला। तर, त्यसो हुँदैन। ‘आइएसओ’का अनुसार हरेक मुलुकलाइ मुलुक संकेत दिइएको हुन्छ त्यस अनुसार नेपालको मुलुक संकेत NPL हुन्छ। यदि तपाईले नेपालको मुलुक संकेत रदहानीमा हेर्नु भयो भने त्यहाँ पनि NPL नै लेखिएको छ। तर नेपाल को दुइ अक्षरको मुलुक संकेत भने NP मात्र  हो जसका कारण नेपालको वेबसाइटहरुमा पनि डटकम पछि एनपी जोडिने गरिन्छ।

नेपाल सरकारको यातायात विभागबाट प्राप्त भएको नेपालीको एक प्रकारको परिचयपत्र धेरैले त नागरिकता भन्दा लाइसन्सलाइ नै दैनिक प्ररिचय पत्रको रुपमा बोक्नुहुन्छ। यातायात विभागबाट प्रदान गरिएको त्यस प्रकारको परिचयपत्र आफ्नो देशको संकेत नै यसरी विगारिएको छ यो विषयमा म यो भन्दा बढी के नै भन्न सक्छु र ?

डिजाइनकै कुरा गर्दा पुरानो लाइसन्समा फोटो चिप्काएर त्यसमाथि हस्ताक्षर गरिन्थ्यो यसअर्थमा लाइसन्सको डिजाइनमा फोटो राख्नको लागि सेतो फ्रेमको आवस्यकता थियो। तर, पछिल्लो समय स्मार्ट लाइसन्समा सबैकुरा डिजीटली भइराख्दा पनि त्यो सेतो बक्स राख्नुको जरुरी किन छ डिजाइनमा ? साथै HD क्वालिटको जमानामा पुरानो रिलको क्वालिटी भन्दा पनि खत्तम देखिने एकदमै घटिया गुणस्तरको वेब क्यामेराबाट खिचेको फोटो लाइसन्समा छ।  पाँच वर्षसम्म त्यै व्यक्ति हो भनेर चिनिनुपर्ने त्यस प्रकारको लाइसन्समा त्यस्तो गुणस्तरको फोटो देख्दा स्मार्ट होइन स्टुपीट लाइसन्स हो भनेर सजिलै भन्न सकिन्छ। के पैसा तिरेर पनि गुणस्तरीय लाइसन्स बोकेर हिड्ने अधिकार नेपाली जनतालाई छैन ?

महत्वपूर्ण जानकारी र डेटा 

डेटा भनेको अहिलेको प्रविधियुक्त विश्वमा सबैभन्दा महतवपूर्ण कुरा हो। डिजिटल जमानामा तपाइको डिजिटल हताक्षर, तपाईको औंठा छाप, फोन नम्बर, नागरिकता नम्बर लगाएत सबैकुरा लाइसन्स प्राप्तिकालागि बुझाउनुपर्ने हुन्छ। आम नेपाली नागरिकलाइ यी कुराहरुमा त्यतिधेरै महत्व नलाग्ला, किनभने अझैपनि हामी एउटा ग्याँसको सिलिन्डर कहिले आउँछ भनेर लाइनमा बस्ने जमानामै छौं ।

विकसित मुलुकहरु जस्तो नेपालीहरु आफ्नो गोपनियता र डेटाको लागि सचेत हुनेबेला भइनसकेको भएता पनि हामीले स्मार्ट लाइसन्सका लागि भनेर हाम्रा सम्पूर्ण गोप्य डेटाहरु हामीले बुझाईरहेका छौं। यातायात विभागले यसरी संकलन गरेको डेटा कहाँ सुरक्षित राखेको छ चाहिएको खण्डमा कहाँबाट जानकारी लिउन सकिन्छ यो बारेमा मैले कतै पनि सूचना भेटिन।

हामी आम नेपालीहरुलाई यी कुराहरु सामान्य लाग्छन, मैले धेरै नेपालीहरुले फेसबुकमा आफ्नो इमेल ठेगाना, फोन नम्बर सजिलै कमेन्टमै राखिदिनुभएको देखेको छु। यसो गर्ने नेपालीलाइ आफ्नो डेटाको मूल्य अहिले सम्म थाहा छैन होला तर, यादगर्नुस् भोली तपाईहाम्रो डेटा गलत प्रयोग भएर हामीलाई नै समस्या नपर्ला भन्न सकिदैन। त्यसैले यस विषयमा हामीसबैले राम्रोसंग बुझ्न जरुरी छ।

मानिलिउ तपाईहामीले लाइसन्सको लागि बुझाएको व्यक्तिगत विवरण (डेटा) कुनै भारतमा मोटरसाइकल अथवा कार उत्पादन गर्ने कम्पनीले प्राप्त गर्यो भने के-के गर्न सक्छ ?उक्त कम्पनीलाई सबैकुरा थाहा हुन्छ कतिवर्ष उमेर भएका कति नेपालीहरुले के सवारीसाधन चलाउँछन् कतिजनाले बाइकको लाइसन्स लिएका छन् कतिजनाले कारको लाइसन्स लिएका छन् । यस डेटा अनुसार उसले नेपाली बजारमा कुन सवारीसाधनको माग भइरहेको छ, कुन समूहका व्यक्तिका लागि के कति सवारीसाधनको आवस्यक छ सजिलै थाहा पाउन सक्छ। यी त भए सामान्य उदाहरण। यो प्रविधिको युगमा डेटा अमुल्य छ। यसलाई अन्य माध्यमबाट पनि दुरुपयोग गर्नसकिन्छ त्यस कारण हाम्रो डेटा सुरक्षाको प्रत्याभूति सरकारले गर्न आवस्यक छ ।

लाइसन्समा अनावस्यक प्रविधि 

अब कुरा गरौँ स्मार्ट लाइसन्समा प्रविधिको। सरसर्ति हेर्दा स्मार्ट लाइसन्समा चिप्स राख्नुपर्ने आवस्यक के छ ? यदि नेपाल सरकारलाइ आफ्नो नागरिकहरुले राम्रो प्रकारको परिचयपत्र लिउन भन्ने चाहना हो भने राष्ट्रिय परिचय पत्र बनाएर त्यसमा नउप्किने चिप्स राखेर वितरण गर्न सकिन्छ। ड्राइभिङ्ग लाइसन्स सबै नेपालीहरुसंग हुदैन यस अर्थमा हेर्दा सरकारले राष्ट्रिय परिचय पत्र मार्फत स्मार्ट परिचय पत्र सबै नागरिकलाइ वितरण गर्न सक्छ।

तर, लाइसन्समा चिप्सको जरुरत म देख्दिन, नेपालको ट्राफिकलाइ बाटोमै सहज तरिकाले लाइसन्स चेक गर्नका लागि बनाईएको हो भने केवल बार कोड भए पुग्छ।  नेपालको परिवेसमा सहजै अनुमान लगाउन सकिन्छ चिप्सको ठाउँमा बारकोड धेरै सजिलो छ। चिप्स नै राख्न पनि असम्भव भने छैन। उदाहरणका रुपमा हेर्दा नेपालका प्राय सबैजसो बैंकहरुले चिप्स नै राखिएको एटीएम कार्ड लगभग एक महिनमा ग्राहकहरुलाई उपलब्ध गराउँछन्। बैंकहरुले चिप्स नै राखेको कार्ड एक महिनामै उपलब्ध गराउन सकिरहेका छन् भने नेपाल सरकारको यातायात विभागले किन दुइतिन वर्षमा पनि नसक्ने ? सरसर्ती हेर्दा यसमा भैङ्कर ठुलो चलखेल देखिन्छ। मेरो विचारमा कमिसनको खेल बाहेक अन्य कुनै कारण हो जस्तो लाग्दैन।

स्मार्ट लाइसन्स सम्बन्धि अन्य देशको उदाहरण हेर्दा मैले युरोपमा लाइसन्सको परिक्षा उतिर्ण गरेको जम्मा दुइ हप्ता भित्र मेरो कोठामा हुलाक मार्फत लाइसन्स आइपुगेको थियो। हाम्रै छिमेकि राष्ट्र भारतकै कुरा गर्ने हो भने पनि जाँच पास गरिसकेपछि ३० देखि ४० दिनभित्र स्पिड पोस्ट मार्फत मानिसको घरमानै लाइसन्स आइपुग्ने रहेछ। भारतमा लाइसन्सको म्याद पनि २० बर्षको हुने रहेछ। बंगलादेशमा दश वर्षको म्याद हुन्छ भने युरोपमा १५ वर्षको म्याद हुन्छ तर, नेपालको लाइसन्सको म्याद भने जम्मा पाँच वर्षको मात्र हुन्छ।

भिडियो सहित 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…