गोकुल बाँस्कोटाको पक्षमा केपी ओली र ईश्वर पोखरेल, विपक्षमा ६ जना, पाैडेल माैन बसे

काठमाडौँ। आज फागुन ११ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकमा नेकपाको सचिवालय बैठकबारे समाचारले प्राथमिकता पाएका छन्। त्यस्तै, एमआरपीको खरिद, वामदेव गौतमको राष्ट्रियसभामा इन्ट्री, कोरियामा कोरोनालगायत समाचारहरु पनि प्रकाशित छन्।

सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको कान्तिपुर दैनिकमा समाचार छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच मत बाझिएको हो।

गोकुल बाँस्कोटा प्रकरणबारे नेताहरुबीच चर्काचर्की नै भयो। कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएको प्रधानमन्त्रीले बैठकलाई जानकारी दिएका थिए। लगत्तै अध्यक्ष प्रचण्डले बाँस्कोटाबारे धेरै प्रश्न आएकाले यसलाई पार्टीमा छलफलको विषय बनाएर छानबिन गर्नुपर्ने बताएका थिए। दाहालको भनाइमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा सचिवालय सदस्य रामबहादुर थापा सहमत देखिए।

तर, प्रधानमन्त्री ओलीले बाँस्कोटाको विषय सरकारको कुरा भएको र अहिले विभिन्न निकायले छानबिन गरिरहेको भन्द्यै त्यसलाई बैठकमा तन्काउन नहुने बताएका थिए। ‘अध्ययन र छानबिनका लागि उहाँले राजीनामा दिएर बाटो खुला गर्नुभएको छ, संसद्, सीआईबी, अख्तियारजस्ता निकायले छानबिन गरुन् भन्नुभएको छ,’ ओलीले बैठकमा भनेका थिए, ‘त्यो विषयमा अरु कुरा गरेर के अर्थ हुन्छ र ?’ ओलीको भनाइमा सचिवालय सदस्य ईश्वर पोखरेलले सहमति जनाए भने महासचिव विष्णु पौडेल मौन बसे।

सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको नागरिक दैनिकमा समाचार छ। सचिवालय सदस्यमध्ये गौतममात्रै सांसद छैनन्। बैठकमा नेताहरुले गौतमलाई राष्ट्रियसभा सदस्य बन्न आग्रह गरेका थिए। युवराज खतिवडाको स्थानमा उनलाई राष्ट्रपतिबाट मनोनयन गरिने प्रस्ताव राखिएको बैठक स्रोतले जानकारी दिएको छ।

‘गौतमले निर्णय नदिएका कारण बैठकले यो विषयमा कुनै निर्णय गरेन तर नेताहरु सबै सहमत भएकाले गौतमले आफ्नो निर्णय सुनाउनसाथ राष्ट्रियसभाको सांसद बनाउने निर्णय गरिनेछ,’ स्रोतले भन्यो। यसअघि गौतम राष्ट्रियसभामा जान अस्वीकार गर्दै आएका थिए। उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्र राष्ट्रियसभामा जाने बताउँदै आएका थिए। प्रधानमन्त्री केपी ओलीले नै शनिबारको बैठकमा प्रस्ताव राखेपछि उनले आइतबार निर्णय दिने जवाफ दिएका छन्।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…