प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघरमा जाँदा गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै हुनुहुन्छ ।

यसै अवसरमा उहाँले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उहाँले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नुहुनेछ ।

प्रधानमन्त्रीकाे स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नाै वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।

गाउँमा हेलिप्याड र एयरपोर्ट

‘पछिल्लो भेटमा जग्गा थपेर प्राविधिक कलेजलगायतका लागि तन्दुरुस्त संरचना बनाएर काम गर्ने इच्छा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। ओली ट्रस्ट बनाएर काम अघि बढाइएको छ’, पहिला उक्त जग्गा किनेका तुलसी संग्रौलाले भने। उनका अनुसार ३÷४ वटा ट्रस्ट बनाएर जग्गा कम्पनी ऐनमा दर्ता गरेर काम अघि बढाउने क्रममा हालसम्म करिब पाँच सय रोपनी जग्गा प्राप्त भएको छ। बेच्नुअघि २५ रोपनी थियो। उनका बुबा दुई दाजुभाइको नाममा २५ रोपनी थियो। ‘प्रधानमन्त्रीको इच्छा गरिबदुःखीका छोराछोरीले होस्टलमै बसेर पढून् भन्ने हो। कलेज निर्माणमा जापानले रुचि देखाएको छ’, संग्रौलाले भने।

यी सबै प्रयोजनका लागि काम अघि बढाइरहँदा सहज यात्रा होस् भनेर ओलीको जन्मघर परिसरमा मंसिरमा हेलिप्याड बनाइएको छ। यसका लागि करिब तीन रोपनी जग्गा सम्याइएको छ। तेह्रथुमकै चुहानडाँडामा एयरपोर्ट बनाउने काम अघि बढिसकेको छ।

रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा यही एयरपोर्ट अवलोकन गरेर पाथीभारा माताको दर्शन गरी फर्कदा हेलिकप्टर दुर्घटना भएर सवार सबैले ज्यान गुमाएका थिए। सोही मन्त्रालयको जिम्मेवारी सम्हालेपछि योगेश भट्टराईले काम चाँडो अघि बढाउन पहल गरिसकेका छन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…