प्रधानमन्त्री ओलीले भ्रष्टाचार आरोपी बाँस्कोटाको बचाउ गर्दै भने, ‘अब छुट्टै छानबिन गर्नुपर्दैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् ।

एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’

तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्न नपर्ने भन्दै अडान लिएका थिए । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानबिन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बाँस्कोटाको बचाउ गर्दै भने, ‘बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्नुपर्दैेन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

एमसीसी संशोधन गर्न ओली तयार 

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार देखिएका हुन् ।

पार्टीभित्र बहुसंख्यक नेताहरू एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र पछिल्लो केन्द्रीय समिति बैठकले यस सम्बन्धमा अध्ययन गर्न बनाएको कार्यदलले समेत परिमार्जन गरेर मात्र अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले अध्ययनका निष्कर्षबारे बिफ्रिङ गरेका थिए । यथास्थितिमा सम्झौता अनुमोदन गरेमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भन्दै परिमार्जनमा जानुपर्ने कार्यदलको निष्कर्ष उलने सुनाएका थिए । खनालले सम्झौताका राष्ट्रहित विपरीतका बुँदाबारे पनि ब्रिफिङ गरेका थिए ।

‘कार्यदलका संयोजकले सम्झौतामा रहेका आपत्तिजनक विषयबारे बैठकलाई जानकारी गराउनुभयो । अब यसलाई जस्ताको तस्तै पास गर्नुहुन्न भन्ने हामी सबैको सहमति छ,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘यसबारे अर्काे बैठकबाट निर्णय लिइनेछ ।’

नेकपाले एमसीसी अध्ययनका लागि वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको कार्यदल बनाएको थियो । कार्यदलले २० दिन लगाएर गरेको अध्ययनमा मूल सम्झौता गर्दा त्यसभित्र अर्थ मन्त्रालयले अन्य थप १४ वटा भित्री सम्झौता गरेको र त्यसमा त्रुटिपूर्ण प्रावधान भेटिएको प्रतिवेदनमा उल्लेख गरेको थियो । भित्री सम्झौता अर्थ मन्त्रालयले परराष्ट्रलाई समेत जानकारी नदिई गरेको प्रतिवेदनमा उल्लेख छ । भित्री सम्झौताका केही ठाउँमा सम्झौता नेपालको कानुनसँग बाझिएमा ‘न्युयोर्क स्टेट’ को कानुन हाबी हुने गरी गरिएको समेत आफूहरूले भेटेकाले सम्झौताका केही बुँदामा परिमार्जन गर्नुपर्ने कार्यदलको सुझाव छ ।

कार्यदलले प्रतिवेदन शुक्रबार पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएको थियो । प्रतिवेदनमा सम्झौता परिमार्जनका लागि अमेरिकी उच्च अधिकारीसँग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । तर प्रधानमन्त्री ओलीले प्रतिवेदन नआउँदै अमेरिकी प्रतिनिधिसँग संवाद थालिसकेका छन् ।

अमेरिकी कांग्रेसका सदस्य अमी बेरा नेतृत्वको चार सदस्यीय टोली अहिले नेपालमा छ । प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा प्रधानमन्त्रीले एमसीसी सम्झौता केही बँुदा परिमार्जन गर्न तयार हेको धारणा राखेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शनिबार खुलासा गरेका छन् ।

नवलपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दाहालले पत्रकारसँग भने, ‘हिजो (शुक्रबार) मात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो । अमेरिकी टोलीसँग कुराकानीमा एमसीसी भनेको केही पनि चेन्ज नै गर्न नहुने, जस्ताको त्यस्ता पास गर्नुपर्ने भन्ने कुनै बाइबल त होइन । हामीकहाँ केही कन्सर्न आए भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन (बिहीबार) प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको छ । उनीहरूले पनि त्यसलाई बाइबल हो भन्ने कुरा आएन ।’

प्रतिवेदन सचिवालय सदस्यहरूले अब दुई दिन अध्ययन गर्ने र त्यसपछि बैठक बसेर निर्णय लिइने नेकपाले जनाएको छ । महासचिव विष्णु पौडेलले भने, ‘एमसीसीका विषयमा बैठकमा रिभ्यु भएको छ । निर्णयमा पुगिसकेका छैनौं । अर्काे बैठकबाट हामी उचित निर्णयमा पुग्छौं ।’

एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा दर्ता भए पनि नेकपाभित्र विवाद रहेका कारण अनुमोदन हुन सकेको छैन । सरकारले २०७५ असार ३० मा यो सम्झौता अनुमोदनका लागि संसद्मा प्रस्ताव दर्ता गराएको थियो । सचिवालय बैठकपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास पुगेका थिए ।

गौतम आफ्नै अडानमा

बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले राष्ट्रियसभा सदस्यमा मनोनयन प्रस्ताव गर्दा उपाध्यक्ष वामदेव गौतमले पुरानै अडान दोहो¥याएका छन् । संविधान संशोधन गरी राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउन सक्ने व्यवस्था भए मात्र आफू राष्ट्रियसभा सदस्य बन्ने अडान ओलीले दोहो¥याएका हुन् । महासचिव पौडेलले भने, ‘वामदेवजीका विषयमा सामान्य छलफलमा मात्र भयो । ’ प्रदेश २ का अध्यक्ष प्रभु शाहलाई नेतृत्वको आलोचना गरेकोमा स्पष्टीकरण सोध्ने विषयमा पनि छलफल भएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…