काँग्रेस पार्टी सरकारमा आएको दिन प्रहरी अधिकृतको फुली खोस्ने नेविसंघको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको ध रपकडको विरोधमा प्र’दर्शन गरेको छ ।

निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी का’रबाहीको माग गर्दै काठमाडौंस्थित प्र दर्शनीमार्गमा भएको आ’न्दोलनमा प्रहरीको ध रपकडबाट नेविसंघ अध्यक्ष र चार जना महामन्त्रीसहित दजनौँ नेता कार्यकर्ता घा इते भएका थिए ।

त्यसको विरुद्धमा नेविसंघले शुक्रबार प्र दर्शनीमार्गमा गरेको बृहत् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिए ।

‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर ला ठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, काँग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं,’ अध्यक्ष ढुंगानाले भने ।

जनताको तिरोबाट तलब खाने प्रहरीले जनतामाथि नै ज्यादति नगर्न अध्यक्ष ढुंगानाले सचेत गराए ।

‘प्रहरीले खाने तलब ओलीले झापाबाट धान बेचेर ल्याएको पैसा होइन, जनताको तिरो हो । जनताको तिरो खाएर जनताको टा उको फु टाउन उद्दत नहुनुस्,’ उनको भनाइ थियो ।

यस्तै महामन्त्री दीपक भट्टराईले नेविसंघलाई नजिस्क्याउन प्रहरीलाई चेतावनी दिए । उनले भने, ‘नेविसंघलाई जिस्क्याउँदा सरकार र सुरक्षाकर्मीले हेक्का राख्दा हुन्छ, के हुन्छ भनेर । त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’

बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने भन्दै कानुनी का रबाही अगाडि नबढाउँदासम्म नेविसंघले आन्दोलन जारी राख्ने भटराईले चेतावनी दिए ।

महामन्त्री मनोज वैद्यले नेविसंघका नेता कार्यकर्तामाथि धरपकड गरेर आ’न्दोलन सकिन्छ भन्ने भ्रममा नपर्न प्रहरीलाई चेतावनी दिए । उनले भने, ‘प्रहरी ध रपकड गरेर आ’न्दोलन दबाउन सकिन्छ कि भन्ने भ्रममा छ । भ्रम नपाल्नुस् । हामी जस्तोसुकै आ’न्दोलन गर्न तयार छौं ।’

यस्तै अर्का महामन्त्री युवराज पाण्डेले महिला ने तृमाथि पुरुष सुरक्षाकर्मी लगाएर दमन गर्ने प्रहरी अधिकृतविरुद्ध मानवअधिकारवादी संगठन गुहार्ने बताए ।

प्रहरी ध रपकडमा अध्यक्ष ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायतलगायत दर्जन बढी नेता कार्यकर्ता घा इते भएका थिए ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…