दक्षिण कोरियामा पनि फैलियो कोरोना : २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह

दक्षिण कोरियाले कोभिड-१९ अर्थात् कोरोना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ।

शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ भने एक जनाको ज्या न गइसकेको छ।

‘अवस्था निकै जटिल छ म सबैलाई सकेसम्म छिटो स्वास्थ्य जाँच गर्न र लक्षणहरू देखिए क्वारेन्टाइनका मापदण्ड अपनाउन आग्रह गर्छु,’ इनले भने।

प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए।

‘अब हामी आपतकालीन चरणमा आइपुगेका छौं, हाम्रा सबै प्रयास यसलाई फैलिन नदिनेमा हुनेछन्,’ उनले भने।

कोरियामा यसअघि देखिएका संक्रमितहरूको चीनसँग कुनै सम्पर्क देखिन्थ्यो। यसपालि भने सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ।

थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोभिड-१९ देखिएको छ।

कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोभिड-१९ देखिएको छ। कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन्।

उक्त चर्चमा भाइरस कसरी आइपुग्यो भन्ने खुल्न सकेको छैन।

थेगु नगरपालिकाका अधिकारीहरूले उक्त चर्चमा प्रार्थना गर्ने दिन १ हजार हाराहारीमा मानिसहरू आउने गरेको बताएका छन्।

झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोभिड-१९ का बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न अनुरोध गरेका छन्।

सबैलाई चर्चमा नजान भनिएको छ भने भेला हुन र्‍याली गर्न पनि प्रतिबन्ध लगाइएको छ। सिन्चेन्जी चर्चको थेगु शाखा बुधबारदेखि बन्द गरिएको छ। उक्त चर्चका अन्य शाखा रहेका प्रान्तका सरकारले पनि प्रार्थना गर्न जानेहरूको पनि स्वास्थ्य परीक्षण गर्ने बताएका छन्।

राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ। पार्कहरू बन्द गरिएका छन्। प्रोटेक्टिभ मास्क लगाएका कर्मचारीहरूले सबवे स्टेशनमा औषधी छर्किरहेका छन्।

कोभिड-१९ दुई जना सैनिक पनि देखिएको छ। कोरियामा ६ लाख सैनिक छन्। ती दुबै जना सैनिक केही दिनअघिमात्रै थेगु गएर फर्किएको बुझिएको छ।

उनीहरूमा संक्रमण देखिएपछि कुनै पनि सैनिकलाई विदामा घर जान र बाहिर निस्कन रोक लगाइएको छ।कोरियामा कोरोनाको त्रास भएसंगै विभिन्न क्षेत्रमा रहेका झन्डै ६० हजार नेपालीहरु चिन्तित भएका छन्। फेसबुकमा प्रतिक्रिया दिदै एक नेपाली भन्छन्, चिनबाट उद्दार गरे जस्तो कोरियाबाट हाम्रो उद्दार सम्भव छैन, त्यस्तो अवस्था आए बरु हामी यतै म’र्छौं तर नेपाल जाँदैनौ।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…