मतदाता भेट्न फागुन १२ गते पूर्वसभामुख महरा दाङ आउने, एक हप्ता मतदातासँगै बस्ने

घोराही । पूर्वसभामुख कृष्णबहादुर महरा फागुन १२ गते दाङ आउनुहुने भएको छ ।  मतदातालाई भेट्न आँफू दाङ आउन लागेको महराले  जानकारी दिनुभयो । ‘जनतासँग आफ्ना कुरा भन्न र जनताका कुरा सुन्न दाङ आउँदै छु,’ उहाँले भन्नुभयो, ‘म दाङमा जनताकै घरमा गएर बस्ने छु, साथै खाना खाने छु ।’

दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भइसकेपछि महरा प्रत्यक महिना मतदातालाई भेट्न आउने गर्नुभएको थियो । तर, षडयन्त्रमुलक ढंगले फसाइएपछि उहाँलाई साढे तीन महिना हिरासतमा राखिएको थियो । महरा दाङ नआएको चार महिना भइसकेको छ ।

महरा दाङमा एक हप्ता बस्ने कार्यक्रम तय भएको उहाँका स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिनुभयो । महरा स्थलमार्ग हुँदै काठमाण्डौंबाट दाङ आउनुहुने छ । सोमवार अपराहन्न ४ बजे महरा घोराहीको ट्राफिकचोकमा आइपुग्नु हुने छ ।

महरालाई स्वागत गर्न मतदाता आतुर

स्वच्छ छवि र सरल स्वभाव भएका विकासप्रेमी नेता दाङ आउने चर्चासँगै उहाँका मतदाताहरु स्वागतका लागि आतुर देखिएका छन् ।

काठमाण्डौं जिल्ला अदालते महरा पूर्ण रुपमा निर्दोष भएको फैसला गरेपछि खुशीले खुशीयाली जुलुश गरेका मतदाताहरु उहाँ जिल्ला आउने खबरले उत्साहित भएका छन् ।

महरालाई ट्राफिक चोकमा अविर सहित फूलमालाले भव्य स्वागत गर्ने तयारी भइरहेको एक मतदाताले जानकारी दिए ।
अदालतबाट पूर्ण सफाइ पाएपछि सञ्चारमाध्यमहरुमा प्रतिकृया दिनुभएका महराले आँफू राष्ट्रिय स्वाधिनतका पक्षमा निरन्तर लागिरहेको र लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँको प्रतिकृयाबाट पनि नेपालको राष्ट्रियतालाई कमजोर बनाउन चाहने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुबाट षडयन्त्रमुलक ढंगले उहाँलाई फसाइएको स्पष्ट बुझ्न सकिन्छ । महरालाई राष्ट्रवादी नेताको रुपमा बुझ्ने गरिन्छ ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…