बाँस्कोटालाइ नेकपाले त्यसै छोड्ने वाला छैन : प्रचण्ड

नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् ।

शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’

प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा छलफल गर्न शनिबार अपरान्ह सचिवालय बैठक बोलाइएको बताए ।

उनले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’

उनले प्राकृतिक चिकित्सालको आवश्यकता र महत्वको बारेमा पनि सो क्रममा चर्चा गरेका थिए । उनले यस्ता चिकित्सालयलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

निष्पक्ष छानविन हुनुपर्छ: राप्रपा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गोकुल बाँस्कोटा अडियो प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि धनगढी पुगेका अध्यक्ष थापाले प्रधानमन्त्री र अख्तियार दरुपयोग आयोगले निष्पक्ष रुपमा छानविन गर्नुपर्ने माग गरेका हुन्।

उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। न्यायिकतहमा आफू निकट व्यक्ति राख्दै अनियमित र लुटतन्त्रलाई कानुनी मान्यतातर्फ उन्मुख भएको आरोप लगाए। ‘देशको सबैभन्दा चुनौती भ्रष्टचार भएको छ’, उनले भने, ‘लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ। तत्कालीन माओवादीले आफ्नै लडाकु रकमबाट सुरु भएको घोटाला अहिले व्यापक र विकराल भएको छ। आमुल परिर्वतन नारा दिएर सुरु भएको भ्रष्टाचार नेपालमा लुटतन्त्रलाई संस्थागत गर्दै गएको छ।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…