शंकास्पद व्यक्तिले पछ्याउदै शिवाकोटीलाइ, सुरक्षा चुनौती थपिएपछि प्रहरी प्रशासनको चासो

काठमाडौँ। पत्रकार अजयबावु सिवाकाेटीले आफुलाई शंकास्पद व्यक्तिले पच्छाइरहेको बताएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएका सिवाकाेटीले आफ्नो अफिस आसपास २ जना व्यक्तिले आफुलाई पच्छाइरहेको बताएका छन् ।

सुत्र बहसमा कुराकारी गर्दै सिवाकाेटी सुरक्षाको हिसाबले हेर्ने हो भने आफुलाई कसैले नियालीरहेको र आफिसमा समेत आएर दुइजना ब्यतिले ससंकित गरेको कुरा बताएका हुन् ।

सुरक्षा चुनौतीका बिषयमा प्रहरी प्रशासनले सिवाकोटीलाई काठमाण्डौ प्रहरी परिसर कमलपोखरि र बालाजु क्षेत्रबाट निगरानी गरिरहेको समेत सिवाकोटीले बताए । यसरि हेर्दा प्रहरी प्रशासनले पनि सुरक्षाको बिषयमा चाँसो दिएको देख्न सकिन्छ ।

तर, पत्रकार सिवाकोटीले एउटा पत्रकारले समाचार लेखिरहदा उसको परिवार चिन्तित हुनु पर्ने अवस्था किन छ भन्दै प्रश्न उठेका छन् ? उनको यो कुरालाई हेर्ने हो भने कहिँकतै बाट अहिले पनि सिवाकोटीलाई सुरक्षाको बिषयमा चिन्ता रहेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्रीका निकटका पात्र समेत रहेका बास्कोटा विभिन्न समयमा पत्रकारमाथि कडा तरिकाले प्रस्तुत हुँदै आएका थिए । केहि समय अगाडी धुलिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बास्कोटाको खुलेर तारिफ गरेका थिए ।

प्रधानमन्त्रीले बास्कोटाको तारिफ गर्दै तुलोमा गोकुल बास्कोटा एकतिर र अरु मन्त्रिमण्डल अर्कोतिर राख्ने हि भने पनि बास्कोटाकै पल्ला भारी हुने कुरा बताएका थिए । जुन अहिले निकै चर्चामा रहेको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…