नेताहरुको यस्तै हर्कत रहे नेपालका कम्युनिष्ट सबै सिद्धिने पक्का छ : प्रचण्ड

काठमाडौँ।  पूर्व माओवादी रहेका निकै प्रभावशाली नेता कृष्णवहादुर महरा केही दिन अघि लामो हि रासत वसाईपछि बाहिर निस्किए । उनी निस्किएको केही दिन बित्न नपाउँदै तत्कालिन नेकपा एमालेका अर्का प्रभावशाली नेताले मन्त्रीपदवाट राजिनामा दिनुपर्यो ।

एक पछि अर्काे प्रभावशाली नेताको वास्तविकता वाहिरिन थालेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा कम्युनिष्ट सिद्धिने खतरा बढेको देख्न थालेका छन् ।

उनले कम्युनिष्ट सत्तामा पुगेपछि सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् । सत्तामा पुगेपछि कम्युनिस्टहरुले आफैंलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरु पैदा भएको छ उनले भने ।

भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले अहिले नै यसबारे भन्न हतार भएपनि संकेत राम्रो नदेखिएको बताए ।

सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिस्टहरु शासनमा पुगेपछि आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको बताए । उनले भने, ‘कम्युनिस्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका छन् । नेपालमा पनि त्यस्तै भइसक्यो भन्ने त हैन । तर संकेत त्यस्तै देखिएको छ ।’

आफ्नालाइ पनि छाडिन्न : प्रम 

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको बताए।

‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने।

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही घन्टापछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

मन्त्री बाँस्कोटासँग प्रधानमन्त्री ओलीको निकट सम्बन्ध छ। केही दिनअघिमात्र उनले प्रतिभावान् भन्दै बाँस्कोटाको तारिफ गरेका थिए।

 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…