दाहाल प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका चार जनालाई सम्मान

दाङ।  दाहाल प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने दाङका चार जनालाई सम्मान गरेको छ । जसअनुसार अम्बिकादेवी पदमप्रसाद दाहाल पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी दाहाल, पण्डित जानकी बल्लव दाहाल साहित्यिक पुरस्कारबाट साहित्यकार कमलमणि देवकोटा, हरिप्रसाद गौरादेवी दाहाल लोकसांस्कृतिक पुरस्कारबाट लोकसांस्कृतिकर्की चन्द्रप्रसाद थारु र हरिप्रसाद गौरादेवी दाहाल लोकसंगीत पुरस्कारबाट लोकसंस्कृतिकर्मी भुवन गन्धर्वलाई सम्मान गरिएको थियो । दाहाल प्रतिष्ठान केन्द्रीय समितिको निर्णयअनुसार उहाँहरुलाई प्रतिष्ठानको ५ नम्बर प्रदेश अधिवेशनको अवसरमा सम्मान गरिएको हो ।

यसैबीच दाहाल प्रतिष्ठान प्रदेश नम्बर ५ को प्रथम अधिवेशन दाङमा सम्पन्न भएको छ ।
घोराही १० नारायणपुरमा भएको अधिवेशननले नुमाकान्त दाहालको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लोकमणि दाहाल, भीमबहादुर केसी दाहाल र बिष्णुप्रभात दाहाल, सचिव गणेशप्रसाद दाहाल, सहसचिव विनायक दाहाल र कोषाध्यक्ष विनोद दाहाल रहनुभएको छ । अधिवेशनबाट ४१ जना निर्वाचित हुनुभएको थियो भने पहिलो बैठकले दश जना मनोनित गर्ने ब्यवस्था रहेको छ ।

प्रतिष्ठानका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक इन्द्रलाल शर्मा दाहालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिकराम दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सहअध्यक्ष दुर्गाप्रसाद दाहाल, महासचिव पुण्यप्रसाद दाहाल, सचिव बलराम दाहाल, केन्द्रीय सदस्यहरु लक्ष्मण दाहाल, सूर्यकुमार दाहाल, प्रदेश २ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु चन्द्रप्रसाद दाहाल, विश्वप्रेमी दाहाल, दाहाल बन्धु कुलायन समाजका कार्यवाहक अध्यक्ष ऋषिराम शर्मा दाहाल, साहित्यकार कमलमणि देवकोटालगायतले बोल्नुभएको थियो ।

बिष्णुप्रभात दाहालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन गणेशप्रसाद दाहालले गर्नुभएको थियो भने नुमाकान्त दाहालले बिषय प्रवेश गराउनुभएको थियो ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…