ओली सरकार देशको लागि अभिशाप, ओलीको असली चेलाको कमिसन काण्डले देश लज्जित भयो

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको उल्लेख छ।

‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’

विप्लव यो प्रकरणमा ओलीकै संलग्नता रहेको आशंका गरेका छन्। ठूलो आकारको जहाजकाण्ड आदीमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको जारी विज्ञप्तिमा उल्लेख छ। ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको उल्लेख गरिएको छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…