अंगरक्षक र गाडी बालुवाटारमै छाडेर बाहिरिए पुर्वमन्त्रि बास्कोटा

८ फागुन, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् ।

गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् ।

काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ । तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।

अब सञ्चार मन्त्रालय खतिवडालाइ 

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई कार्यभार तोकेकी हुन्।

यस्तै बाँस्कोटाले सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोकेकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्। कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्।

‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’, बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको थियो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिए पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो।
बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिइएको उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला कि। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।’

त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाईंलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन्, ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘त्यो भनेको कति हुन्छ ? मिश्रले भने, ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…