पार्टीका कार्यकर्तालाई तँ भन्न पाइँदैन भन्ने, आफु कर्मचारीलाई स्त्रीजन्य अ श्लील शब्द प्रयोग गर्ने ?

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ताका नाममा ११ बुंदे सर्कुलर जारी गर्दै भन्यो, ‘पार्टीका कुनै पनि कार्यकर्तालाई तँ भन्न पाइँदैन। पार्टीमा भएका आफ्ना छोराछोरीलाई पनि तँ नभन्नू।’

कम्युनिष्ट पार्टीका सदस्यले जुनसुकै तह र कमिटीको भए पनि आफ्ना नेता–कार्यकर्तालाई ‘कमरेड’ भन्छन्। कमरेडको अर्थ हो, साम्यवादी उद्देश्यप्रति समर्पित असल साथी। कमरेडको गुरुत्व बोक्न नसके पनि नेकपाका अधिकांश नेता कार्यकर्ता साथीहरुलाई कमरेड भनेरै सम्वोधन गर्छन्। त्यसपछि पार्टीले ‘तँ नभन्नू’ भनी पठाएको सर्कुलरपछि त बाहिर पनि राम्रै प्रभाव गयो।

यता पत्रकारले तिमी शब्द लेखेकोमा प्रधानमन्त्रीले सार्वजनिक टिप्पणी नै गर्ने गरेका छन्। ‘पत्रकारले आफ्नी आमालाई तिमी भन्छन्’ यो आरोप हो, प्रधानमन्त्री केपी शर्मा ओलीको। प्रधानमन्त्री ओलीकै क्याबिनेटका एक मन्त्रीले त यस्तोसम्म बोलिदिए, जसलाई लेख्न पनि मिल्दैन, भन्न पनि मिल्दैन ।

प्रधानमन्त्री ओलीले मात्र होइन, स्वयं (हाल राजिनामापछि) पुर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले समेत आफ्ना हरेक भाषणमा पत्रकारलाई सभ्यता र व्यवसायिकताको पाठ पढाउँदै आएका छन्। पत्रकारले कसरी लेख्नुपर्छ मात्र होइन, कसरी सोच्नुपर्छ र कसरी आँखा झिम्क्याउनुपर्छ भन्नेसम्मका पाठ मन्त्री बाँस्कोटाले भाषणमा सिकाउने गरेकै छन्।

तर, अरुलाई सभ्यता सिकाउने बाँस्कोटा आफैंले मु’ भन्ने गरेको खुलेको छ। हालै सार्वजनिक भएको अढाइ मिनेटको अडियोमा मात्रै मन्त्री बाँस्कोटाले दुईपटक मु’ भनेका छन्। सुरक्षण प्रेस खरीद प्रकरणमा स्वीस एजेन्टसँग सञ्चारमन्त्री गोकुल ७४–७५ करोड कमिसनको कुरो गरेको प्रकरणसम्बन्धी अडियो यतिबेला भाइरल बनेको छ।

कमिसन लेनदेन भएको हो वा हैन भन्ने पक्षविपक्षका तर्कहरु आइरहेका छन्। तर, अडियोमा बोलिएको छाडा शब्दका बारेमा न मन्त्री बाँस्कोटाले कुनै जवाफ दिएका छन्, न त उनका समर्थकहरुले नै। मन्त्रीजस्तो गरिमामय पदमा बसेको मानिसले सभ्य समाजले पचाउनै नसक्ने छा’डा शब्द बोल्नु सामाजिक मर्यादा विपरीत कुरा हो।

पुर्वमन्त्री बाँस्कोटाले कमिसन मागे या मागेनन्, उनले घुस खाए खाएनन् ? यो अनुसन्धानबाट प्रमाणित हुनुपर्ने विषय हो। तर, उनले जुन शब्द बोलेका छन्, त्यो उनकै मुखबाट आएको हो भने यो विल्कुलै पाच्य विषय होइन। जुन उनले सहजै प्रयोग गरेको अडियोमा सुन्न सकिन्छ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…