भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्षको जेल सजाय, अर्बौं जरिवाना

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जे ल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनु भएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उहाँमाथि त्यसबखत १५ वर्षको जे ल स जाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उहाँलाई तारेखमा छाडिएको थियो ।

सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जे लमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घु स लिएर माफी दिनुभएको थियो । अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जे ल स जाय दिइएको छ।

दक्षिण कोरियामा थप : २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्रा ण घा तक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् । उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गर्नु भएको छ ।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे ।

बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु सङ्क्रमित भएको जनाएको थियो । तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरुमा सङ्क्रमण भएको थियो ।

दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप सङ्क्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…