सञ्चारमन्त्रीका अब मात्र दुइ विकल्प : एउटा पहिलै ‘फेल’ यस्तो छ अर्को अन्तिम विकल्प

काठमाडौँ। कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यापार मेलामा सहभागी हुन कञ्चनपुर पुगेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटामाथि घूसका लागि ‘बार्गेनिङ’ गरेको गम्भीर आरोप लाग्यो ।

गम्भीर आरोप लागेपछि पनि बाँस्कोटा बिहीवार बिहान कञ्चनपुरका विभिन्न ठाउँमा पूर्वनिर्धारित कार्यकर्ता भेटघाटमा सहभागी भए । खानेपानीमन्त्री बिना मगर निर्वाचित भएको कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका बेलडाँडी, बेलौरी र पुनर्वासमा आयोजित कार्यक्रममा सहभागी भएर मन्त्री बाँस्कोटा काठमाडौं फर्किंदैछन् ।

कैलालीको धनगढी विमानस्थलबाट विमानमार्फत बाँस्कोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएर उनी सिधै बालुवाटार जानेछन् । बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँस्कोटालाई बालुवाटार बोलाउने सल्लाह गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले ७० करोड घूसका लागि डील गरेको अडियो सार्वजनिक भएपछि नेकपाभित्रको राजनीति तरङ्गित भएको छ । ओलीसँगको भेटमा प्रचण्डले बाँस्कोटालाई राजीनामा गराउन सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले घूस प्रकरणले पार्टीलाई समेत क्षति पुर्‍याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

तर विवादमा मुछिएका मन्त्री बाँस्कोटा सहजै राजीनामा दिने मनस्थितिमा छैनन् ।

स्रोतका अनुसार आफूमाथि लागेको आरोपबारे प्रधानमन्त्री ओलीलाई प्रस्ट पार्ने ‘प्लान ए’ बाँस्कोटाले बनाएका छन् । ‘अध्यक्षद्वयसँग बालुवाटारमा भेट गरेर उहाँले आफू निर्दाेष रहेको स्पष्ट पार्ने कोसिस गर्नुहुनेछ,’ स्रोतले भन्यो, ‘अध्यक्षद्वयले आफ्नो कुरा मान्नुहुनेछ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।’

कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बाँस्कोटाले बिहान भने, ‘जसले गल्ती गर्छ, त्यो जान्छ । यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’

कार्यक्रममा उनले आफूले घूस नलिएको बताएका थिए ।

अध्यक्षद्वयलाई मनाउन सकेमा बाँस्कोटाको मन्त्री पद जाने सम्भावना टर्नेछ । तर अध्यक्षद्वय बाँस्कोटाको कुरामा सहमत भएनन् भने उनले राजीनामा दिनुपर्नेछ ।

पार्टीलाई क्षति हुने अवस्थामा आफूले मन्त्री पदबाट राजीनामा दिने संकेत समेत बाँस्कोटाले गरेका छन् तर राजीनामाको विकल्प बाँस्कोटाका लागि ‘प्लान बी’ हो ।

प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटार बोलाएर कुरा गर्ने र त्यसपछि आवश्यक कदम चाल्ने तयारी गरेका छन् ।

ओलीसँग कुरा गर्न बाँस्कोटा विमानस्थलबाट सिधै बालुवाटार जानेछन् । बाँस्कोटालाई राजीनामा गराउनुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई पार्टीबाट आइरहेको छ । लोकान्तरबाट 

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…