अडियो मेरो होइन : अहिले त प्रविधि छ, अनेक बनाउँछन् , टिकटकवालाहरुले बनाएका हुन्

८ फागुन, कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको भनिएको अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने बताएका छन् ।

बिहीबार कञ्चनपुरको बेलडाँडीमा नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै बास्कोटाले सो अडियोको पुष्टि हुनुपर्ने बताए ।

बास्कोटाले भने, ‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्ब खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्बबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला ।’

मन्त्री बास्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैंले पुष्टि गर्नुपर्ने बताए ।

उनले भने, ‘यदि मैले गरेको छु भने जवाफदेहिता मैले बोक्ने हो, पार्टीले बोक्दैन । कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र पाउनुपर्ने हो, मैले लिनुपर्छ ।’

मन्त्री बास्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरुसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गरे । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उनले भने ‘आरोप लगाएको छ भने अरु पनि कुरा होलान् नि । अरु केही चिज होलान् नि

।’

आफूसँग अरब र करोडका कुरा गर्नेहरु धेरै आएको भन्दै उनले त्यसको जवाफ दिने बताए । बास्कोटाले भने, ‘३० दिने कि साठी दिने कति दिने ? जोडेर अरबको पनि कुरा पनि आएको होला नि । जतिसुकै होस, १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

ग्रेसद्वारा राष्ट्रिय सभा अवरुद्ध

बिहीबारको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि बढाउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो ।

कांग्रेसले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि नबढाउँसम्म सदन चल्न नदिने बताएकाे थियाे । लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…