सञ्चारमन्त्रीको ७० करोड प्रकरणले लेखा समितिमा हंगामा मच्चिएपछि

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढीको डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि संसदको सार्वजनिक लेखा समिति बैठकमा हंगामा भएको छ ।

समितिको आजको बैठकले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गर्दैगर्दा त्यसअघि नै अडियो बाहिरिएपछि हंगामा भएको हो ।

अडियो बाहिरिएपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै स्वीस कम्पनीका एजेण्ड विजय प्रकाश मिश्रले लेखा समितिका सदस्यले समेत घुस लिएर निर्णय गर्न लागिएको दावी गरेका थिए ।

सरकारले प्रिन्टिङ प्रेसबारे स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजेछि मिश्रले नै उक्त अडियो डेढ महिना अघि नै प्रधानमन्त्रीलाई दिएका थिए भने बुधबार साँझ सञ्चारमाध्यमबाट पनि लिक गराएका थिए ।

रातोपाटीसँग कुराकानी गर्दै बिहीबार बिहान मिश्रले प्रिन्टिङ प्रेस खरिदमा लेखा समितिको समेत मिलेमतो रहेको बताएका थिए ।

त्यसको खण्डन गर्दै सांसदहरुले मिश्रबाट लेखा समिति माथि आक्रमण भएको आरोप लगाए ।

सांसद मिनेन्द्र रिजालले कडा प्रतिक्रिया जनाउँदै लेखा समितिको मिलेमतो र भागभन्डामा नाम उल्लेख गर्ने, सार्वजनिक गर्ने र सेयर गर्नेलाई समेत साईबर क्राईमको मुद्दा लगाउन माग गरे ।

सांसदहरुले प्रिन्टिङ प्रेस मेसिन खरिबारे सरकारले निर्णय नगर्दै किन फ्रान्स भ्रमणमा गइयो भन्दै प्रश्न समेत उठाएका थिए ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…