बार्गेनिङको अडियो बहिरिएपछि सञ्चारमन्त्रीलाई राजीनामा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन्। बिहीबार बाँस्काेटाकाे विवादास्पद अडियाे सार्वजनिक भएकाे थियाे।

स्वीस कम्पनीका एजेन्टसँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ। हिजो राति बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो।

नेपाल सरकारका सबै मन्त्रीहरू सरकारी निवासमा बस्दै आएका छन्। ललितपुरस्थित सरकारी निवासमा बस्नुपर्ने मन्त्री बाँस्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा बस्दै आएका छन्। उनी ओलीका सबैभन्दा विश्वासपात्र मानिन्थे।

५ फागुन काभ्रेको धुलिखेल नगरपालिकाकाे स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले काभ्रे जिल्लाको धेरै प्रशंसा गरेका थिए। उनले भनेका थिए, ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो। प्रतिभा जन्माउने जिल्ला हो।

यो कुरा विस्तारै प्रकट हुँदै गएको छ।’ ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबै भएको छ।’ अझै प्रशंसा गर्दै प्रधानमन्त्रीले भनेका थिए, ‘सरकारको विरोध गर्नुपर्यो भने गोकुल बाँस्कोटातिर हेर्नेवित्तिकै चुप लाग्ने।’

उसो त प्रधानमन्त्रीलाई ‘बा’ भन्नेमध्येका एक बाँस्कोटा पनि हुन्। उनै ‘छोरा’लाई राज्यमन्त्रीबाट बढुवा गरेर सरकारका प्रवक्ता बनाएका थिए ओलीले। बालुवाटार स्रोतका अनुसार ओलीले उक्त अडियो डेढ महिना पहिला नै सुनेको बताइन्छ। अडियो सुनेको डेढ महिना बित्दा पनि ओलीले बाँस्कोटाको प्रशंसा गर्नु आफैँमा आश्चर्य हो।

बालुवाटार स्रोतले अडियो धेरै पहिला प्रधानमन्त्रीसम्म पुगेको बतायो। ‘तर, किन प्रधानमन्त्रीले बाँस्कोटालाई कारवाही गर्नुभएन अथवा राजीनामा माग्नुभएन हामी नै अचम्भित छौँ’, स्रोतले भन्यो।
भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीले आफ्नो विश्वासपात्र रहेका बाँस्कोटालाई किन बचाए ? यो प्रश्न जीवित रहेको स्रोतले बतायो। तर, बाँस्कोटाले कमिसन मागेको अडियो सञ्चार माध्यममा आएपछि प्रधानमन्त्रीले राजीनामा माग्ने तयारी गरेका हुन्।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…