के होला महराको अबको बाटो ?

  • केशरमान बुढाथोकी

रोल्पाको एक मध्ययम बर्गिय परिवारमा जन्मिएर कुनै समय रोल्पाका लगनशील, अनुसासित, जेहन्दार तथा तेजस्वी बिद्यार्थी लामो समय रोल्पाका कुसल, सुशील योग्य तथा कर्तव्यनिष्ठ शिक्षक कुनै समय रोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने संसद कुनै समय कुसंस्कारले ग्रसित क्रुर दानविय तत्कालिन शासन सत्ताका विरुद्धमा जीवन हत्केलामा राखेर जनयुद्धमा होमिएका एक कुसल राजनीतिक कमाण्डर, जनयुद्धता कै तत्कालीन माओवादी भित्रका राजनीति गुरु कामरेड अमरसिंह हुँदै शान्ती प्रक्रिया पछि विभिन्न समयका माननीय सांसद तथा विभिन्न माननीय मन्त्री हुँदै सम्माननीय सभामुख भएका समग्र राष्ट्रकै अभिभावक बनेका सालिन,भद्र तथा बिकासप्रेमी नेता कृष्णबहादुर महरालाई हठात परेको नियोजित बज्रपातले निमेष भरमा राजनीतिक तथा समाजिक प्रतिष्ठा समाप्त पार्यो ।

यो स्वयम् महरा, उनको परिवार र शुभचिन्तकका लागि मात्र नभएर समग्र देशभक्त तथा राष्ट्रप्रेमी जनताको लागि अभिसाप सावित भएको थियो । कसैलाई पनि कहिल्यै कुनै प्रकारको चोट तथा बाधा नपुर्‍याएर आफ्नो राजनीति अभिष्ट पूरा गर्न कुशल नेता महराको राजनीतिक तथा सामाजिक छवि पलभरमै समाप्त पार्ने विभिन्न षड्यन्त्रको सिकार भएका राष्ट्रका अभिभावक महरालाई लागेको लज्जास्पद आरोप झुठो सावित भएपछि महराले सम्मानित अदालतबाट सफाइ पाएको स्वर्णिम दिनमा समग्र देशभक्त नेपालीको मस्तिष्कमा महराको अबको राजनीतिक यात्रा के हुन्छ भन्ने प्रश्न सल्बलाइ रहेको छ ।

महराको चुलिएको अस्वाभाविक राजनीतिक उचाईको ईर्ष्या गर्ने र राष्ट्रलाई आफ्नो पेवा सम्झेर विभिन्न राष्ट्रघाती निर्णय गर्दै तारे होटेलमा चियर्स गर्ने मुठिभरका मानिसको आँखामा बिझाएका नेता महरा षड्यन्त्रकारीहरुको ष ड्यन्त्रको जालोमा परेपनी अन्ततः सत्यको जित भएर फेरि आम जनसमुदायको बिचमा आएका छन ।

बि द्रोही पार्टीबाट आएर पनि सधैं सहमती र सहकार्यको सुत्र समाएर हिड्ने नेता महरा सभामुख हुँदा अमेरिकी सरकारद्वारा नेपाललाई एमसिसी मार्फत सहयोग स्वरुप प्रदान गर्ने भनिएको सहयोग रकम नेपालको संसदमा टेवुल गर्न नदिनु नै उनको राजनीति तथा सामाजिक छवि समाप्त पार्ने मुख्य हेतु बन्यो ।

चिनियाँ सरकारले बिआरआइ मार्फत सहयोग स्वरुप उपलब्ध गराउने भनिएको सहयोग रकम विरुद्ध आफ्ना बग्रेल्ती स्वार्थ सहित आएको एमसिसी मार्फतको रकम सुक्ष्म रुपमा अध्ययन नगरी संसदमा टेवुल गर्न हुन्न भनेर यसलाई आम नागरिकको अध्ययनको बिषय बनाएका तत्कालीन सभामुख महराले आफ्नो पद ,इज्जत र प्रतिष्ठा दाउमा राखेर राष्ट्रलाई जोगाए । उनका विरुद्धमा विभिन्न खालका षड्यन्त्रका तानाबाना बुनेपनी आखिर अन्ततः असत्य माथी सत्यको जित भएको छ ।

न्यायलयको त्यो पवित्र गजुरमा कोहि कसैले षडयन्त्र गरेर कसिङ्गर छर्दैमा अन्धो बनेर सम्मानित न्यायलयले बिना कसुर कोहि कसैलाई पनि सजाय दिदैन भन्ने ज्वलन्त प्रमाण भएको पुर्व सभामुख महराको सफाइले न्यायप्रेमी आम जनसमुदायमा खुसियालीको दिप बलेको छ ।

जनताका बिचमा नैतिकताको प्रश्न खडा गरि लोकप्रिय नेतालाई जनताको बिश्वासबाट कटाइ एक नरपराधी जस्तो नारकिय कस्टडिमा सडाउने दिवासप्ना औंलामा गन्न सकिने नेतृत्वले देखेपनी महराको चरित्रलाई नजिकबाट बुझेका जनताले यो महराको चुलिदो प्रतिष्ठाको उचाई प्रती ईर्ष्या गर्ने षडयन्त्रकारिहरुले रचेको षड्यन्त्रको जालो हो भन्ने कुरा दुर दराजका जनताले बुझिसकेका थिए ।

महराले सम्मानित अदालतबाट पुर्णतः सफाइ पाएपछी हजारौं जनताको लावालस्कर सहित आफ्नो निजि निवास पुगेका महराको सम्मान स्वरुप आफ्नो गृहजिल्ला रोल्पा र निर्वाचन क्षेत्र दाङमा झाँकी सहितका विशाल जुलुसहरु निस्किएका छन । भने आम जनताले पुनः महरालाइ देशको नेतृत्वमा पुगेको हेर्ने सपना सजाएका छन ।

जतिनै ठूलो तुफानी वेगमा पनि सतिसाल झै अडिक रहेका महराको आम जनताले सोचे झैं राजनीतिमा पुनरागमन हुने कुरामा कुनै दुविधा छैन ।

भर्खरै मात्र सफाइ पाएर जनताको बिचमा आएका नेता महरा अब छिटै नै आफ्नो आधार क्षेत्रका जनताको बिचमा आउने छन । आफू विरुद्ध रचिएको षड्यन्त्रको जालो च्यातेर पुनः राष्ट्रका लागि योगदान दिने छन ।

जनताको मस्तिष्कमा जवरजस्त छरिएको भ्रमलाई जनताको घरघरमा बसेर यथार्थता जनताको बिचमा प्रस्तुत गर्दै सालिन नेता महरा पुनः सबैका प्रिय महरा सर बन्ने छन भने जनताले प्रत्येक गाउँगाउँमा उनलाई भारी सम्मान गर्ने तयारी गरेका छन । यसरी द्रुतगतिमा राजनीतिक उचाइमा पुगेका सालिन नेता महराले त्यो राजनीति उचाई चुम्न कुनै समय लाग्ने छैन । यो नै म पुर्व सभामुख महराको अबको बाटो हुनेछ ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…