प्रजातन्त्र दिवसको अवसरमा सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज : ः प्रजातन्त्र दिवसको अवसरमा सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ । नेपाल राष्ट्रवाद संघको नामबाट निकालिएको ¥यालीमा राजतन्त्रसँगै सैनिक शासनको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले राजसंस्था पुनर्स्थापना गर्दै सैनिक शासन लागु गर्नु पर्ने माग गरेका थिए । साथै उनीहरुले राजनीतिक दलविरुद्ध नारावाजी समेत गरे।

घण्टाघर चोकमा आयोजित समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलका कारण भ्रष्टचार र लुट बढेको आरोप लगाए ।

उनले मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्ने र देशमा सैनिक शासन लागु हुनुपर्ने बताए।

मुलुकमा विद्यमान बेथीती र अजराजकतालाई ठेगान लगाउनका लागि एक मात्र विकल्प सैनिक शासन भएको उनले बताए।

कार्यक्रममा सहभागी अन्यले पनि अहिलेको शासन प्रणालीबाट आजित नेपाली जनताले मुलुकमा राजतन्त्र नै चाहेको जिकिर गरे ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…