विप्लव निकट मोर्चाद्वारा ‘पोर्चुगलमा’ शक्ति प्रदर्शन

लिस्वन। नेकपा विप्लव समूह जनप्रगतिशिल मोर्चाले पोर्चुगलमा शक्ति प्रदर्शन गरेको छ। पच्चिसौं जनयुद्ध दिवस तथा वार्षिक साधारणसभाको अवसरमा मोर्चाले पोर्चुगलमा शक्ति प्रदर्शन गरेको हो। यो समाचार डिसी नेपालले लेखेको छ। 

जनयुद्ध दिवसको उपलक्ष्यमा राजधानी लिस्बनको अति ब्यस्त सडक मार्तिमुनिजदेखि आन्जुसको एभरेस्ट हलसम्म मार्चपास गरिएको जनप्रगतिशील मोर्चा पोर्चुगलले जनाएको छ। मार्चपासमा उल्लेख्य मात्रामा रातो टिसर्टधारी स्वयंसेवक सहभागी थिए।

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्ण बिकको अध्यक्षता तथा मोर्चाका युरोप अध्यक्ष विष्णु भुजेलको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभामा मोर्चाका युरोप क्षेत्रका विभिन्न पदाधिकारीहरू, विभिन्न जातीय क्षेत्रीय र वैचारिक सङ्घठनका प्रतिनिधि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा निकटका वक्ताहरूले राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे। भ्रष्ट्राचार देशको आम समस्या बनेको उल्लेख गर्दै उनीहरूले नेपाली भूमिमा विदेशी सेना क्याम्प जमाएर बस्दासमेत सरकार निरीह बनेको आरोप लगाएका थिए। सँगसँगै जनयुद्ध लडेको शक्तिलाई सरकारले प्रतिवन्ध लगाएकोमा पनि उनीहरूको आपत्ति थियो।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…