दाङमा हुने प्रदेश एक्स्पोको तयारी तीब्र, प्रदेश ५ का जनता व्यापक उत्साहीत

के.एल पिडित

दाङ। ५ नं. प्रदेश सरकारले यही फागुन १०, ११ र १२ गते दाङमा आयोजना गरेका प्रदेश एक्स्पोको तयारी तीब्र रुपमा अगाडी बढेको छ । एक्स्पोको तयारी संगै जनतामा व्यापक उत्साहको माहोल सिर्जना भएको छ । आफ्ना स्थानीय उत्पादन, अविष्कार, लोक कला, प्रविधि एवं साँस्कृतिक झाँकी प्रस्तुती एवं प्रदर्शनका लागि सबै तह उत्साहका साथ तयारीमा जुटेका छन् ।

जिल्ला समन्वय समिति दाङका उपप्रमुख एवं अतिथि सहभागी व्यवस्थापन समितिका संयोजक श्रीधर शर्मा पौडेलका अनुसार प्रदेश सरकारको तर्फबाट १२ जिल्लाका १ सय ९ पालिका र दाङ जिल्ला स्थित १० पालिका, उद्योग, व्यवसाय, बैंकर्स, सहकारी, विश्वविद्यालय, विद्यालय÷कलेज लगायत संघ, संस्थालाई ब्यानर सहित सहभागिताका लागि पत्राचार गरिएको छ ।

उपप्रमुख शर्माका अनुसार एक्स्पोमा प्रमुख अतिथि सहित ९ सय ९१ जना अतिथिहरु रहने छन् । अतिथिहरुको स्वागत र व्यवस्थापनका लागि उच्चस्तरीय तयारी भएको छ । अतिथि स्वागतका लागि जानुका केसीको संयोजकत्वमा १ सय १७ सदस्यीय मातृशक्ति स्वागत उपसमिति गठन गरिएको छ ।

एक्स्पो स्थलमा अतिथिहरुको स्वागत, भोजन, आवास, भ्रमण÷अवलोकन सम्बन्धी समन्वय र सूचना प्रवाहका लागि प्रदेश पाँचका १२ जिल्लाका आ–आफ्ना ब्यानर सहित १÷१ वटा गरी १२ वटा हेल्प डेस्क र अन्य अतिथिहरुका लागि विशेष हेल्प डेक्स स्थापना गरिने प्रबन्ध मिलाइएको छ । प्रत्येक डेस्कमा अतिथि देवो भवः लेखिएको ब्यानर सहित राष्ट्रिय झण्डाहरु राखिने उपप्रमुख पौडेलले बताए ।

एक्स्पो स्थल बेलझुण्डीमा नेपाली सेनाले सरकारी स्टल, नेपाल प्रहरीले मंच र दाङ जिल्ला उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सले नीजि स्टल निर्माणको संयोजन गरेका छन् । एक्सोमा सरकारी ५० र नीजि ३ सय स्टल रहन ेछन् ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष एवं स्टल व्यवस्थापन उपसमितिका सदस्य सचिव नारायण भूसालका अनुसार स्टल १ सय ५६ वटा स्टल बुक भइसकेको छ ।

उनका अनुसार लघु उद्यमी, पर्यटन, कृषि उद्योग, लोक कलाका लागि ९, ९ साइजको स्टलको रु. ३ हजार र कम्पनीका लागि यही साइजको स्टलको रु. ३ हजार ५ सय कायम गरिएको छ भने होटल (खाजा र खाना) का लागि १८,१८ साइजको स्टलको रु.७ हजार कायम गरिएको छ ।

एक्स्पोमा दाङ जिल्लाका १० वटा पालिकाहरुबाट ब्यानर सहित झाँकीको प्रस्तुती हुनेछ भने विशेष रुपमा थारु, मगर र अवधि समुदायको साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ ।

अन्य प्रदेश ५ का १२ जिल्लाबाट सहभागीहुने झाँकी दर्ता लागि आह्वान गरिएको झाँकी तथा साँस्कृतिक उपसमितिका सदस्य सविच एवं डिभिजन वन कार्यालय घोराहीका अधिकृत दिपक ज्ञवालीले बताए ।

उनका अनुसार झाँकी दर्ताका लागि फागुन ८ गते दिउँसो १ बजे सम्मको समय तोकिएको छ भने दर्ताका लागि संस्थाको नाम, ठेगाना, झाँकीको प्रकार, सहभागी संख्या र झाँकीको नेतृत्व गर्ने व्यक्तिको नाम सहितको विवरण उल्लेख गर्नु पर्नेछ । झाँकी दर्ताका लागि श्रीधर पौडेल (९८५७८३५०८६), शेषदत्तचौधरी (९८५१२४७१४५), माधबतिमिल्सिना (९८५८०७०२४४) र जानका केसी (९८४७८२३७३) लाई जिम्मेवारी तोकिएको छ ।

फोन बाट पनि स्टल दर्ता गर्न सकिने अधिकृत ज्ञवालीले बताए । प्रदेशको दोस्रो स्थापना दिवसको अवसरमा ५ नं. प्रदेश सरकारले यही फागुन १०, ११ र १२ गते दाङमा प्रदेश एक्स्पोको आयोजना गरेको छ । गतमाघ १० गते आन्तरिक मामिला तथा कानूनमन्त्री कूलबहादुर केसीको संयोजनमा ३८ सदस्यीयमूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी प्रदेश सरकार प्रदेश सरकार एक्स्पोको व्यापक तयारीमा जुटेको छ ।

प्रदेश सरकारले एक्स्पोलाई प्रदेश सरकार स्थापनाको २ वर्षको उपलब्धीबारे जानकारी गराउने र ५ नं. प्रदेश भरिका स्थानीय उत्पादन, मौलिक लोक कला, संस्कृति, स्थानीय ज्ञान, सीप, प्रविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्य बताएको छ । मूलरुपमा प्रदेश सरकार स्थापना देखि हाल सम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिने, प्रदेश नं. ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी प्रदानगर्ने, ‘समृद्ध प्रदेश, खुशीजनता’को लक्ष्य पूरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभि प्रेरित गर्ने, प्रदेश नं. ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षातथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापना गरी विकासमा उत्साह ल्याउने र प्रदेश सरकार र स्थानीयतहको सम्बन्धलाई सुदृढीकरण गर्ने ५ वटा उद्देश्य प्रदेश सरकारले लिएको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…