काठमाण्डु पोस्टमा प्रकाशित सामाचार र फोटोले चिनियाँ नागरिकको अपमान भयो : चिनियाँ पत्रकार

काठमाडाैँ । काठमाण्डु पोस्टमा प्रकाशित एउटा समाचार र फोटोको विषयलाई लिएर चिनियाँ नागरिकले आपत्ति जनाएको छ । उनीहरूले प्रकाशित लेख र फोटोले चिनियाँ नगरिकको अपमान गरेको बताएका छन ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा काठमाण्डु पोस्टका सम्पादकका नाममा लामो पत्र लेख्दै चिनियाँ नागरिक चाङ्ग युए (वर्षा) (जो चाइना मिडिया ग्रुपको नेपाल प्रमुख समेत हुन) उनले अपमान हुने सामाग्री प्रकाशन गरेकोमा क्षमा माग्न अनुरोध गरेकी छिन ।

वर्षाले लेखेको पत्र यस्तो छ

आदरणीय सम्पादकज्यू
द काठमाडु पोष्ट
नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ।
अध्यक्ष माओ चतुङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जनबैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ चतुङको फोटो राखिएको हुन्छ। तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ। यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन्।

चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ। तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु। अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ। आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँलाई घोर अपमान गर्नु हो। हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ।

नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन्। कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन्। तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु। रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन। रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ।

यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन । आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन्। अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन्। धन्यवाद।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…