दुबईमा नेपालीले पाए एक किलो सुन र कार उपहार

दुबई । रेमिट्यान्स मार्फत घरमा पैसा पठाउँदा युएईमा नेपालीले सुन र कार उपहार पाएका छन् । युएईको अलअहलिया एक्सचेञ्जबाट पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले उपहार स्वरुप १ किलो सुन पाएका छन् ।

त्यस्तै अन्य दुई जनाले कार उपहार पाएका छन् । रोल्पाका झकबहादुर गिरी झक बहादुर गिरी र रूपन्देहीकी सिता पाण्डेले निसान सन्नी कार पुरस्कार स्वरुप पाएका हुन् ।

उनीहरूले अल अहलिया एक्सचेन्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत घरमा पैसा पठाउँदा उपहार पाएका हुन् । भट्टराईले आफूले पाएको १ किलो सुनको बजार मूल्य अनुसार ५७ लाख नेपाली लिने भएका छन् ।

झकबहादुर र सिताले पनि पुरस्कार स्वरुप पाएको निसान सन्नी कारको सट्टा त्यो कारको पर्ने मूल्य बराबरको नगद रकम अर्थात १२ लाख रुपैयाँ नेपाली लिने भएका छन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…