एमसीसीका मतियारहरु होसियार भन्दै महराको निर्वाचन क्षेत्र दाङमा बाजागाजासहित भव्य जुलुश

घोराही । पूर्वसभामुख एवम् दाङ निर्वाचन क्षेत्र नं २ का सभासद् कृष्णबहादुर महरालाई अदालतले निर्दोश सावित गरेको खुशियालीमा मतदाताहरुले खुशियाली जुलुश निकालेका छन् । उनीहरुले खुशियाली जुलुशका साथै दीप प्रज्वलन समेत गरेका हुन् ।

घोराहीको तुलसीपुर चोकबाट शुरु भएको जुलुश दामोदर चोक हुँदै शहीद गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुशमा सहभागिहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, एमसीसीका मतियारहरु होसियार, राष्ट्रघा ति एमसीसी खारेज गर, दाङको विकासमा एक जुट हौं, विकासप्रेमी नेता कृष्णबहादुर महरा जिन्दावाद जस्ता नारा लगाएका थिए ।

जुलुश शुरु हुनुभन्दा पहिले मतदाताहरुले तुलसीपुरचोकमा खुशियालीका साथ नाचगान गरेका थिए । महराका मतदाता एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही १७ का अध्यक्ष पदम केसीले नाच शुरु गरेर सबैलाई नाच्न आग्रह गर्नुभएको थियो । त्यसपछि स्वस्फूर्त रुपमा सहभागिहरु नाचेका थिए ।

शहीद गेटमा आयोजित सभालाई संवोधन गर्दै नेकपा दाङका सचिवालय सदस्य एवम् उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले साम्राज्यवादीहरुको डिजाइनमा महरालाई फसाइएपनि अदालतले निर्दोश साबित गरेकाले आँफूहरु खुशी भएको बताउनुभयो ।

अनेरास्ववियूका पूर्व केन्द्रीय सचिवालय सदस्य विवेक श्रेष्ठले महरा जे’ल जाँदा आँफूहरुलाई अभिभावक विहिन भए जस्तो अनुभुति भएको उल्लेख गर्दै अब दाङको विकासमा कटिबद्ध भएर लाग्न महरालाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले महराले यस क्षेत्रको विकासको नेतृत्व गर्ने नेताको रुपमा आँफूलाई स्थापित गरिसकेको उल्लेख गर्दै दाङबासीले उहाँलाई सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले केही दिन भित्रै महरा दाङ आउने जानकारी दिदै भव्य स्वागतको तयारी भइरहेको जानकारी दिनुभयो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले अदालतको फैसलाले सबै षडयन्त्रकारीहरुको सपना चकनाचुर भएको बताउनुभयो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष जंग रोकाले महरा अब मुलुक र पार्टी निर्माणमा अँझ सशक्त भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको आयोजना किन गरिएको हो भन्ने विषयको वारेमा पत्रकार केशरमान विसीले प्रकाश पार्नुभएको थियो । युवा नेता दीपेश पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार पाण्डव शर्माले गर्नुभएको थियो ।

स्वस्फूर्त रुपमा आयोजना गरिएको कार्यक्रमको संयोजन पाण्डव शर्मा, केशरमान विसी, दीपेश पोख्रेल र वामदेव रिजाल ‘देवदास’ ले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…