महराले सफाइ पाएपछि दंगाली मतदाताहरुमा खुशीयाली, आज तुलसीपुरचोकमा दीप प्रज्वलन हुने

  • पाण्डव शर्मा

घोराही । ष डयन्त्रपूर्वक फसाइनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उहाँको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत काठमाण्डौंले महरा निर्दोश भएको प्रामाणित गरिसकेपछि उहाँ पूर्ण रुपमा निर्दोश भएको र उहाँलाई राजनीतिक पूर्वाग्रहका आधारमा फ साइएको पुष्टि भएको छ ।

दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिनुभयो ।

‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकास प्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ,’ प्रियासनले भन्नुभयो, ‘दाङको विकासका लागि सबै दलहरु एक हुनुपर्छ ।’

अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृयावादी तत्वहरुले ष डयन्त्र रचेको बताउनुभयो । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाई छ ।

महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताउनुभयो । उहाँले महरालाई फ साउनेहरुको क्रमशः भण्डाफोर गरिदै जाने प्रतिकृया दिनुभयो ।

यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् ।

दीप प्रज्वलन कार्यक्रमको संयोजन गरिरहनुभएका दीपेश पोख्रेलले सहभागि हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गर्नुभयो ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…