ममाथि ष’डयन्त्र गर्नेहरुको अब विस्तारै पर्दाफास गर्छु : पूर्वसभामुख महरा

आफूमाथि ष’डयन्त्र भएको बताउँदै सो ष’डयन्त्रको आफूले विस्तारै प’र्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । जिल्ला अदालत काठमाडौँको फैसलाबाट रिहा भएलगत्तै सोमबार साँझ खुमलटारस्थित निवासमा नयाँ पत्रिकासँग संक्षिप्त कुराकानी गर्दै महराले उपरोक्त कुरा बताएका हुन् ।

‘ब’ला’त्कारको आ’रोपमा मलाई ष’डयन्त्रपूर्ण ढंगले फ’साउने काम भयो, यसको विस्तारै पर्दाफास हुँदै जानेछ’ महराले भने, ‘जसरी फसाउने ष’ड्यन्त्र भयो, मिडियामार्फत् विस्तारै पर्दाफास गर्दै जानेछु ।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीस अम्बरराज पौडेलको एकल इजलासको आदेशबाट सोमबार रि’हा भएपछि खुमलटारस्थित निवास पुगेका महराले आफूलाई सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरे ।

‘ममाथि लागेको आरोप अदालतले खारेज गरेर सफाई दिएको छ, न्यायप्रति मेरो सम्मान अझ बढेको छ’ उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

हिरा’स’तमा रहँदा प्रहरी, कर्मचारी, डिल्लीबजार जेल का’रागार प्रशासनबाट पाएको सदभावको प्रशंसा पनि गरे । उनले भने, ‘यो जटिल अवधिमा प्राप्त सहयोगप्रति म विशेष धन्यवाद दिन चाहन्छु ।’

सोमबार साँझ विज्ञप्ती जारी गर्दै महराले अदालतको फैसलाबाट आफूमाथि लगाइएको आ’रोप गलत सावित भएको बताएका छन् ।

साथै एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा रहेको र आगामी दिनमा पनि रहिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…