कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, जजहरु भन्छन् ‘हामी दुखित छौं, विश्वास गर्नै गाह्रो भयो’

ईटहरी / नेपालको पहिलो कमेडि रियालिटि शो ‘कमेडि च्याम्पियन’बाट प्रतियोगी सुमन कार्की बाहिरिएका छन् । उपाधीको दावेदार मानिएका सुमन शिर्ष ५ बाट बाहिरिएका हुन् । यससँगै कमेडि च्याम्पियनका शिर्ष ४ प्रतियोगी पनि चुनिएका छन् । यता ईटहरीका सुमन कोईराला भने सुरक्षीत रहेका छन ।

सोमबारको एपिसोडमा उनको प्रस्तुति धमाकेदार रह्यो । यसअघि “दले दाइ” क्यारेक्टर मार्फत कमेडी च्याम्पियनमा एकाएक लोकप्रियता हासिल गरेका सुमन कोईराला यतिबेला बिजेताको दाबेदार हुन भन्दा फरक पर्दैन ।

यता सुमन बाहिरिएको कुरा आफ्नो लागि विश्वास गर्न गाह्रो रहेको जज सन्तोष पन्तले बताए । “यो मेरो कल्पना भन्दा बाहिरको कुरा भयो । उ धेरै सम्भावना बोकेको हाँस्य कलाकार हो ।

सुरुदेखि माथीमाथी हुँदै गएको थियो । भोटले गरेपछि हामीले बोल्ने ठाउँ छैन ।” कमेडि च्याम्पियनले एउटा राम्रो प्रतिभा गुमाएको पनि उनले बताए ।

त्यस्तै मनोज गजुरेलले सुमन बाहिरिएको कुराले आफूलाई व्यक्तिगत रुपमा दुःख लागेको बताए । “सुमन कार्की हाँस्य व्यंग्यको दुनियाँमा पहिले नै नाम्चेबजार पुगिसकेको व्यक्ति हो । कमेडि च्याम्पियनले उनलाई बेस क्याम्पमा पुर्याएको छ । अब चुचुरोमा पुग्ने जिम्मा उनको हातमा छ ।” सुमन बाहिरिनु ठूलो घाटा भएको ऋचा शर्माले बताइन् साथै यो सबै खेलकै हिस्सा भएको पनि उनले जोडिन् ।

“कमेडि च्याम्पियन एउटा घर थियो भने त्यो घर बनाउन इटा, ढुंगा, रोडा धेरै कुराको आवश्य पर्छ । सुमन कार्की पानी थियो, त्यो सबै कुरालाई जोडेर राख्ने ।” प्रदिप भट्टराईले बताए ।

‘कमेडि च्याम्पियन’को भाग २५ मा अभिनेत्री द्वय नम्रता श्रेष्ठ र प्रियंका कार्की पाहुनाको रुपमा गएका थिए । कार्यक्रममा शिर्ष ४ प्रतियोगी सुमन कोइराला, विष्णु प्रसाद गौडेल(मेक्सम), खड्ग बहादुर पुन मगर र हिमेश पन्तले आफ्नो प्रस्तुती दिएका थिए ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…