रोशनी शाही : पुर्वसभामुख महरालाई सुरुमा आफैले फसाइन्, अन्तिममा आफैले छुटाइन्

का’रागारबाट रिहा भए लगतै पुर्वसभामुख महराले विज्ञप्ति जारीगर्दै , ‘मलाई न्याय प्रदान गर्ने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु, का’रागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने सबैमा धन्यवाद!’ डिल्लीबजार सदरखोर कारागारका सुरक्षाकर्मी र कैदीहरुसँग विदा भएर आफूलाई लिन पुगेका नेता–कार्यकर्ताको साथ लाग्दै पूर्वसभामुख कृष्णबहादुर महराले भने।

काठमाडौ जिल्ला अदालतले सोमबार सफाइ दिएपछि महरालाई रिहाइका लागि कागजी प्रक्रिया मिलाउन डिल्लीबजार का’रागार पुर्‍याइएका थिए।

झण्डै डेढ घण्टा लगाएर कै’दीहरुबाट औपचारिक विदाई ग्रहण गरेका उनले जेलभित्रै नेकपाका नेताहरुको बधाई पनि पाए।

१३५ दिन थुनामा रहेका रिहा भएपछि पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिई रातो रंगको कार चढेर निवास ललितपुरतर्फ लागे।

फैसला आएपछि बोल्नै सकेनन् महरा

ढाका टोपी, खैरो रंगको कोट, कटराइज प्यान्ट र स्पोर्टस् सुजमा काठमाडौं जिल्ला अदालतको इजलास नम्बर १ अगाडि बसेका महरा सकारात्मक फैसला आउनेमा आशावादी थिए।

अदालत पुगेका नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा लगायत नेताहरुसँग उनले सफाइ पाउनेमा आफू विश्वस्त रहेको बताउँथे। सँगै रहेका छोरा राहुलसँग बेला–बेला उनी अदालतमा भइरहेको कामहरुको पछिल्लो अपडेट लिन्थे।

आइतबार फैसला नआएपछि सोमबार मात्र सुनाइने बताइएको थियो र उनको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। त्यसैले महरा सोमबार बिहान सवा ११ बजे अदालत पुगेका थिए। तर, ११ बजे नै आउने भनिएको अन्तिम फैसला सवा २ बजेसम्म पनि सुरु भएन।

त्यो चारघण्टा महराले भेट्न आएकाहरुसँग कुराकानी गरेर बिताए। तर, पर्खाइको पीडाको उनको अनुहारमा प्रस्टै देखिन्थ्यो। चिया खान गएका न्यायाधीश अम्बरराज पौडेल इजलासमा प्रवेश गरेपछि अन्ततः उनले फैसला सुनाए।

‘महरामाथि माग दाबी गरिएको प्रमाण पुगेन मुद्दामा सफाइ दिएको छ,’ फैसला सुन्नेबित्तिकै महराले लामो सास फेरे। एकछिन केही बोल्नै सकेनन्। उनलाई त्यतिबेलासम्म घेरेर बसेकाहरु कोही हर्षका आँसु बगाउन थाले। धेरैजनाले भने फोनबाट ‘महरा सर’ले सफाइ पाएको सन्देश सुनाइरहेका थिए। फैसलालगत्तै उनलाई बधाई दिनेको घुँइचो लाग्यो।

प्रहरीले उनलाई अदालतबाट बाहिर ल्यायो र सेतो रंगको गाडीमा राखेर सदरखोर डिल्लीबजार पुर्‍यायो।

सुरुमा रोशनी सहिकै कारण महरा का’रावासा सम्म पुर्याईएत पनि पछि उनै शाहीको इन्कारी बयान नै महरालाई सफाइ दिने प्रमुख आधार बन्यो।

महराको मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले फैसलामा जाहेरीवाला शाहीले दिएको इन्कारी बयानलाई प्रमुख आधार बनाइएको बताए।

‘जाहेरीवाला (रोशनी शाही)ले अदालतमा उपस्थित भएर इन्कारी बयान दिनुभयो,’ श्रेष्ठले भने, ‘प्रहरीले नौ घण्टा आफूलाई राखेर जाहेरी दिएको र महराले आफूमाथि कुनै दु’र्व्यवहार नगरेको बताइन्। उनको यही भनाइलाई अदालतले सफाइ दिनुपर्ने प्रमुख आधारका रुपमा लिएको छ।’

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…