रोल्पाली नेताका गुरु ‘महरा सर’ छुटेपछि रोल्पामा उत्सव, कार्यकर्ता मात्र होइन विपक्षीहरु पनि खुसी

रोल्पा – जिल्लामा ‘महरा सर’को परिचयबाट स्थापित पूर्व सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाई पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ। स्थानीय युवाहरु बाजा गाजासहित -याली निकाल्दै रोल्पा नगरपालिका मेवाङस्थित महराको सुनसान घरसम्म गएका थिए।

सोही युवाहरुको समूह बाजा गाजासहित पुनः -यालीसहित सदरमुकामस्थित टुँडिखेलमा जम्मा भएर कोण सभा गरेका थिए। अनौपचारिक कार्यक्रममा बोल्दै युवाहरुले राष्ट्रियताका पक्षमा रहेका नेतालाई गम्भीर आरोपमा फसाइएको जिकिर गरे।

उनिहरुले न्यायले जितिको बताए। कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी लगायतको उपस्थिति थियो।

लामो समय सदरमुकामस्थित बाल कल्याण नमुना माध्यमिक बिद्यालयमा अध्यापन गरेका महरा जिल्लामा शालिन, भद्र र सर्व स्वीकार्य नेताका रुपमा स्थापित छन्।

उपराष्ट्रपति नन्दकिशोर पुन, उर्जा मन्त्री बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, नेत्रबिक्रम चन्द विप्लव लगायत दर्जनौ नेताका गुरु महराले अदालतबाट सफाई पाएपछि उनका सर्मथकहरु खुसी भएका हुन्।

महराको रिहाईले उनका दलका कार्यकर्ता मात्र नभएर विपक्षीहरु पनि खुसी भएका छन्। ‘घटनाका रुपमा हेर्दा उक्त घटना नै राम्रो थिएन। त्यो उचाईको मान्छेलाई ब’ल’त्कारको केस लाग्नु आफैमा पनि नराम्रो हो।’

नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीले नागरिकसंग कुरा गर्दै भने ‘उहाँले सफाई पाउनु रोल्पालीका लागि मात्र नभएर समग्र देशका लागि नै हितकर हो।’

घर्ती जस्तै रोल्पा कांग्रेसका कार्यबाहक सभापति किशोर आचार्य पनि महराको रिहाईले जिल्लाका लागि खुसीको कुरा भएको बताए। रोल्पामै जन्मिएर यहिबाट राजनीति सुरु गरेका महराले २०४८ र २०७० सालको निर्वाचनमा रोल्पाबाट चुनाव जितेका थिए।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…