मानसिक सन्तुलन गुमाएपछि दुबईमा एक नेपाली चेली अलपत्र अवस्थामा

यूएईको दुबईमा एक नेपाली महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिनुभएको छ । कतैै तपाई‌ले उहाँलाई चिन्नु पाे भएको छ कि ?

अरबी भाषा प्रष्ट बोल्न जान्ने ती महिलाको नाम यामकुमारी थापा र उमेर ४६ वर्ष भएको स्थानीय सामाजिक अभियन्ता लैला अबु बकरले जानकारी दिनुभएको छ । नेपालमा उहाँको ठेगाना र दुबईमा काम गर्ने ठाउँबारे कुनै पत्तो लाग्न सकेको छैन ।

सामाजिक अभियन्ता बकरकाअनुसार यमकुमारीले २०१९ को अक्टोबरमा दुबई अस्पतालमा मस्तिष्कको शल्यक्रिया गर्नुभएको थियो । त्यसपछि यामकुमारी अस्पतालमै हुनुहुन्छ । यामकुमारीको आफन्त तथा साथीभाइ कसैसँग पनि सम्पर्क छैन । रोजगारदाता व्यक्ति पनि अस्पतालमा नआएको बकरले जानकारी दिनुभयो ।

गएको चार महिनादेखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन । बकरले गल्फ न्यूजसँग बताएअनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा एम्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो ।

ल्याउनेबेला अचेत अवस्थामा भए पनि होश आइसकेपछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार मस्तिष्कमा रक्तश्राव भएको देखिएको छ । अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।

सामाजिक अभियन्ता बकरकाअनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने हो । तर कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उपाय नभएको बकरले बताउनुभएको छ ।

यामकुमारीले आफ्नो एउटा छोरा छ भन्नेबाहेक अरु केही जानकारी दिन सक्नुभएको छैन । यामकुमारीले दुबईमै एक अरबी परिवारमा घरेलु कामदारको रुपमा काम गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले सामाजिक अभियन्ता लैला अबु बकरले यामकुमारीलाई नेपाल पठाउन दुबईमा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्ने प्रयास गरिरहनुभएको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…